Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपाल-चीन इन्जिनियरिङ सहकार्यको बाटो खुल्यो

नेपाल-चीन इन्जिनियरिङ सहकार्यको बाटो खुल्यो
अ+ अ-

काठमाडौं। नेपाल इन्जिनियर्स एसोसिएसन र चिनियाँ इन्जिनियर्स सोसाइटीबीच दीर्घकालीन संस्थागत सहकार्य र प्राविधिक ज्ञान आदान–प्रदानका लागि समझदारीको आधार तयार भएको छ।

चीन भ्रमणका क्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले चिनियाँ इन्जिनियर्स सोसाइटीका नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गरेका हुन्। एसोसिएसनका अनुसार चिनियाँ इन्जिनियर्स सोसाइटीसँग भएको यो पहिलो उच्चस्तरीय संस्थागत भेटवार्ता हो।

भेटमा प्राविधिक ज्ञान तथा प्रविधि हस्तान्तरण, संयुक्त क्षमता विकास र नेपालको पूर्वाधार विकासमा चिनियाँ अनुभव उपयोग गर्ने विषयमा छलफल भएको छ।

सहकार्यलाई संस्थागत रूप दिन विभिन्न प्राविधिक क्षेत्रमा ज्ञान तथा अनुभव आदान–प्रदान, अन्तर्राष्ट्रिय उत्कृष्ट इन्जिनियरिङ अभ्यासको नेपालमा प्रयोग तथा पूर्वाधारको दिगोपन र जोखिम न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव अघि बढाइएको छ।

साझेदारीअन्तर्गत युवा इन्जिनियरका लागि प्राविधिक तालिम, परियोजनामा आधारित ज्ञान आदान–प्रदान, क्षमता विकास, मेन्टरसिप तथा अन्तर्राष्ट्रिय अनुभवका अवसर सिर्जना गर्ने योजना छ।

त्यस्तै, इन्जिनियरिङ तथा आर्किटेक्चर क्षेत्रमा महिला सहभागिता र नेतृत्व विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिएको एसोसिएसनले जनाएको छ।

एसोसिएसनले यो भेटलाई नेपाली इन्जिनियरिङ क्षेत्रको अन्तर्राष्ट्रिय विस्तार र चीनको प्राविधिक अनुभव नेपालमा भित्र्याउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको छ।

2