Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सडक बन्द हुँदा बाजुराका स्याउ किसान मारमा

सडक बन्द हुँदा बाजुराका स्याउ किसान मारमा
A A+ A-

बाजुरा। स्याउ बजारमा पठाउने मुख्य समयमा मार्तडी-कोल्टी सडक बन्द हुँदा बाजुराका किसान उत्पादन बिक्री गर्न नपाउने चिन्तामा छन्।

गत जेठको अन्तिम सातादेखि अवरुद्ध सडक असोज–कात्तिकसम्म सञ्चालन हुने सम्भावना न्यून रहेको किसानले बताएका छन्।

बुढीनन्दा नगरपालिका–९ का किसान प्रकाश रोकायाका ४/५ सय स्याउका बोट छन्। स्याउ पाक्ने समय सुरु भइसक्दा सडक नखुलेपछि व्यापारी बारीमै आउन छाडेको र आफैंले स्याउ बोकेर बजार पुर्‍याउन सम्भव नभएको उनको गुनासो छ।

बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ क्षेत्रमा व्यावसायिक रूपमा स्याउ उत्पादन हुँदै आएको छ। कर्णाली करिडोरमार्फत हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथको स्याउ बजार पुग्ने गरे पनि बुढीनन्दाको उत्पादनलाई मार्तडी–कोल्टी सडक अवरोधले प्रत्यक्ष असर पारेको छ।

स्थानीय किसानले सडक समस्या हरेक वर्ष दोहोरिए पनि दीर्घकालीन समाधान नभएको बताएका छन्।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा करिब १७० हेक्टरमा स्याउ खेती हुँदै आएको छ। गत वर्ष करिब १ हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको केन्द्रका प्रमुख जसिराम साहनीले बताए। किसानलाई बजारसम्म उत्पादन पुर्‍याउन केन्द्रले ढुवानी अनुदानसमेत दिँदै आएको छ।

बाजुरामा स्थानीय जातसँगै अहिले गाला, फुजी र गोल्डेन जातका स्याउसमेत उत्पादन हुन थालेका छन्।

2