Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रोयल इन्फिल्डको गोर्खा एडिसन सार्वजनिक

अ+ अ-

काठमाडौं । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय क्लासिक ३५० को विशेष संस्करण ‘गोर्खा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले नेपाली वीरता, साहस र गोर्खाली पहिचानलाई रोयल इन्फिल्डको विरासतसँग जोड्दै नयाँ संस्करण बजारमा ल्याएको हो ।

राजधानीमा आयोजित कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा गोर्खा एडिसन अनावरण गरिएको हो । कम्पनीले नयाँ संस्करणलाई नेपाली राइडरको भावना र गोर्खाली पहिचानलाई मोटरसाइकलको डिजाइनमार्फत प्रस्तुत गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले रोयल इन्फिल्डको १२५ वर्ष लामो इतिहास र नेपाली राइडरसँगको सम्बन्धलाई स्मरण गर्दै ‘गोर्खा’ नाम नेपाली वीरता, साहस र अनुशासनको प्रतीक रहेको बताए ।

उनका अनुसार गोर्खा एडिसन केवल नयाँ मोटरसाइकल सार्वजनिक गर्ने विषय नभई नेपाली राइडरको भावना र गोर्खाली पहिचानलाई सडकमा उतार्ने प्रयास हो ।

कम्पनीका अनुसार गोर्खा एडिसनको मूल डिजाइन तथा मेकानिकल संरचनामा ठूलो परिवर्तन गरिएको छैन । नियमित क्लासिक ३५० भन्दा फरक देखाउन नयाँ रङ, विशेष ग्राफिक्स र गोर्खाली पहिचान झल्काउने डिजाइन प्रयोग गरिएको छ ।

ओलिभ ग्रीनमा गोर्खाली पहिचान

गोर्खा एडिसनको मुख्य आकर्षण यसको ‘लाइट मिलिटरी’ अर्थात् ओलिभ ग्रीन रङ हो । सैन्य सवारीसाधनमा देखिने रङसँग मिल्दोजुल्दो डिजाइनले मोटरसाइकललाई फरक र आकर्षक लुक दिएको कम्पनीको दाबी छ ।

साइड प्यानलमा विशेष ग्राफिक्ससँगै क्रस्ड खुकुरीको मोटिफ राखिएको छ । यसले मोटरसाइकलको डिजाइनमार्फत गोर्खाली पहिचानलाई प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

बाहिरी डिजाइनतर्फ क्लासिक ३५० का परिचित विशेषता कायम छन् । वायर स्पोक ह्विल, राउन्ड मिरर, क्रोम एग्जस्ट र क्रोम हेडलाइटलाई निरन्तरता दिइएको छ । राइडर र पिलियनका लागि छुट्टाछुट्टै सिट दिइएको छ ।

३४९ सीसी इन्जिनमा उस्तै क्षमता

गोर्खा एडिसनमा क्लासिक ३५० मा प्रयोग हुँदै आएको ३४९ सीसी सिंगल सिलिन्डर, एयर तथा आयल कुल्ड जे–सिरिज इन्जिन प्रयोग गरिएको छ ।

यो इन्जिनले अधिकतम २०.२ बीएचपी पावर तथा २७ एनएम टर्क उत्पादन गर्छ । इन्जिनलाई पाँच स्पिड गियरबक्ससँग जोडिएको छ ।

मोटरसाइकलमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा एनालग स्पिडोमिटरका साथै एलसीडी डिस्प्ले उपलब्ध छ । कम्पनीले गोर्खा एडिसनमा प्रदर्शनभन्दा विशेष पहिचान, क्लासिक डिजाइन र सैन्य शैलीलाई प्राथमिकता दिएको जनाएको छ ।

मूल्य ५ लाख ९९ हजार

गोर्खा एडिसनको सुरुवाती मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । भारतमा सार्वजनिक भएको केही समयमै यो विशेष संस्करण नेपाली बजारमा समेत उपलब्ध भएको हो ।

अल्फा अटोमोटिभले नेपाली बजारमा हन्टर, क्लासिक, मिटियर, स्क्रयाम, हिमालयन र गुरिल्लालगायत रोयल इन्फिल्डका विभिन्न मोडल बिक्री गर्दै आएको छ ।

कम्पनीले मोटरसाइकल बिक्रीसँगै बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको सहज उपलब्धता र राइडिङ कम्युनिटीलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

‘नाम गोर्खाको, भावना नेपालीको, यात्रा रोयल इन्फिल्डको’ नारासहित सार्वजनिक गरिएको गोर्खा एडिसनले रोयल इन्फिल्डका पारखी तथा विशेष संस्करणका मोटरसाइकलमा रुचि राख्ने नेपाली ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

2