Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

राइडरको साझा भाडादरको पक्षमा पठाओ

राइडरको साझा भाडादरको पक्षमा पठाओ
A A+ A-

काठमाडौं । राइडरहरूले न्यूनतम २५ रुपैयाँ प्रतिकिलोमिटर भाडा कायम गर्नुपर्ने माग गरिरहेका बेला पठाओ नेपालले राइडरको उचित आम्दानी सुनिश्चित गर्न साझा भाडादर निर्धारण गर्नुपर्ने जनाएको छ ।

पठाओले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत सरकार, राइडर प्रतिनिधि र डिजिटल प्लेटफर्मबीच सहमति गरेर सबै राइड सेयरिङ प्लेटफर्ममा समान रूपमा लागू हुने भाडादर निर्धारण भए त्यसअनुसार आफ्नो भाडा संरचना परिवर्तन गर्न तयार रहेको जनाएको हो ।

कम्पनीका अनुसार राइडरको श्रम, समय, लगानी र जोखिमको उचित मूल्य सुनिश्चित हुन आवश्यक छ । राइडरको आम्दानी आर्थिक रूपमा दिगो भए मात्र सवारीसाधनको मर्मतसम्भार, सुरक्षा र ग्राहकलाई भरपर्दो सेवा दिन सहज हुने कम्पनीको भनाइ छ ।

पठाओले आफ्नो हालको भाडा संरचना प्रतिकिलोमिटरको निश्चित दरमा आधारित नभएको जनाएको छ । बेस फेयर, प्रतिकिलोमिटर शुल्क र प्रतिमिनेट शुल्कका आधारमा राइडको भाडा निर्धारण गरिने कम्पनीले जनाएको छ ।

विभिन्न दूरीका सामान्य राइडको समग्र हिसाब गर्दा प्रभावकारी भाडादर औसतमा करिब २५ रुपैयाँ प्रतिकिलोमिटर आसपास पर्ने पठाओको दाबी छ । कम्पनीले इन्धन, सवारीसाधनको लागत, ह्रास, मर्मतसम्भार र सञ्चालन खर्चलाई समेत भाडा निर्धारणको आधार बनाउने जनाएको छ ।

पठाओका अनुसार बाइक सेवामा रहेको २० प्रतिशतसम्मको कमिसन संरचना परिवर्तन गरी हाल १२ रुपैयाँको निश्चित प्लेटफर्म शुल्क कायम गरिएको छ । उक्त शुल्क राइडरको आम्दानीबाट कटौती नभई ग्राहकले तिर्ने भाडामै समावेश हुने कम्पनीले जनाएको छ ।

कम्पनीले राइडरको सुरक्षा तथा हितका लागि बीमा, आपत्कालीन सहयोग, ‘क्विक रेस्पोन्स टिम’ र २४ घण्टा कल सेन्टर सञ्चालन गरिरहेको जनाएको छ । ‘पठाओ बेनिफिट प्रोग्राम’मार्फत पेट्रोल खर्चमा सहयोग, निःशुल्क बाइक सर्भिसिङ, मोबाइल डेटा, अस्पताल तथा अन्य सेवामा छुटलगायतका सुविधा दिइरहेको पनि कम्पनीको भनाइ छ ।

पठाओले सरकारले राइड सेयरिङ सेवाका लागि न्यूनतमसँगै अधिकतम भाडादर पनि तोक्नुपर्ने धारणा राखेको छ । न्यूनतम भाडादरले राइडरको आम्दानी सुरक्षित गर्ने र अधिकतम भाडादरले ग्राहकलाई महँगो भाडाबाट जोगाउने कम्पनीको भनाइ छ ।

भाडादरसँगै बीमा, सुरक्षा, दुर्घटना तथा आपत्कालीन सहायता र गुनासो व्यवस्थापनसम्बन्धी मापदण्ड पनि सबै प्लेटफर्ममा समान रूपमा लागू हुनुपर्ने पठाओले जनाएको छ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले राइडरलाई दिगो आम्दानी, ग्राहकलाई सुरक्षित तथा उचित मूल्यको सेवा र राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित बनाउन साझा नियम आवश्यक रहेको बताएका छन् ।

2