Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

मुढेको छुर्पीले देशविदेशमा बढाउँदै बजार

मुढेको छुर्पीले देशविदेशमा बढाउँदै बजार
A A+ A-

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ मुढे ‘मुढेको आलु’सँगै स्वादिलो छुर्पी उत्पादनका लागि पनि चिनिन थालेको छ। स्थानीय दूधबाट बनाइने छुर्पीको माग स्वदेश तथा विदेशमा बढेसँगै यसको कारोबार पनि विस्तार भएको छ।

छुर्पी तथा होटल व्यवसायी इराज लामाका अनुसार मुढेमा दैनिक १० लाख रुपैयाँभन्दा बढीको छुर्पी बिक्री हुने गरेको छ। हिमाली क्षेत्रका चौँरी, गाई र भैँसीको दूधबाट उत्पादन हुने छुर्पी स्वादिलो हुने भएकाले काठमाडौंलगायतका बजारबाट व्यापारीसमेत मुढे पुगेर खरिद गर्ने गरेका छन्।

काठमाडौंका व्यापारीले छुर्पीसँगै मुढेको आलु पनि खरिद गरी विभिन्न बजारमा बिक्री गर्दै आएका छन्। चिसो हावापानी र स्थानीय महिलाले घरेलु रूपमा उत्पादन गर्ने भएकाले मुढेको छुर्पीको स्वाद र गुणस्तर फरक हुने व्यवसायी लामाको भनाइ छ।

मुढे हुँदै ओखलढुङ्गा, चरिकोट, जिरी र रामेछापलगायतका जिल्लामा आवतजावत हुन्छ। स्वदेशी तथा विदेशी पर्यटकको आवागमनसमेत हुने भएकाले यहाँका होटल तथा पसलबाट छुर्पी र आलुको बिक्री बढेको लामाले बताए। मुढेमा खाना खान वा बास बस्न पुग्ने पर्यटकले स्थानीय उत्पादन खरिद गरेर लैजाने गरेका छन्।

मुढेको छुर्पी देशविदेशका बजारमा पुग्न थालेपछि स्थानीय सरकारले समेत उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्न थालेको लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले बताए।

उनका अनुसार मुढेको छुर्पी भारत, चीन, अमेरिका, बेलायत, जापान र क्यानडालगायतका देशमा समेत पुग्न थालेको छ। स्थानीय दूध, घरेलु उत्पादन र बढ्दो बाह्य मागका कारण छुर्पी मुढेको नयाँ व्यावसायिक पहिचानका रूपमा विकास हुँदै गएको छ।

2