Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

अधिक तरलताले बैंकको निक्षेप ब्याजदर घट्यो

अधिक तरलताले बैंकको निक्षेप ब्याजदर घट्यो
A A+ A-

काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा माग कमजोर भएपछि वाणिज्य बैंकहरूले भदौका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्। २० वाणिज्य बैंकमध्ये १५ ले ब्याजदर यथावत् राख्दा पाँच बैंकले घटाएका छन्।

साउनमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औसत ४.१७ प्रतिशत रहेकामा भदौमा ०.०३ प्रतिशत बिन्दुले घटेर ४.१४ प्रतिशतमा आएको छ। गत आर्थिक वर्षमा बैंकको निक्षेप करिब १० खर्ब रुपैयाँ बढ्दा कर्जा प्रवाह भने करिब ४ खर्ब रुपैयाँले मात्रै बढेको थियो।

भदौमा चार बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ४ प्रतिशतभन्दा तल झारेका छन्। सिद्धार्थ बैंकले सबैभन्दा धेरै ०.२९ प्रतिशत बिन्दुले घटाएर ३.७६ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले पनि ३.७६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ३.८० प्रतिशत र सिटिजन्स बैंकले ३.८५ प्रतिशत कायम गरेका छन्।

नेपाल बैंकले ब्याजदर ४.१५ प्रतिशतमा झारेको छ। हिमालयन, प्राइम, एनआईसी एशिया, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य र ग्लोबल आईएमई बैंकले ४ प्रतिशतलाई निरन्तरता दिएका छन्। एभरेस्टले ४.०५, नेपाल एसबीआईले ४.१० र कृषि विकास बैंकले ४.१५ प्रतिशत कायम गरेका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा, सानिमा, एनएमबी र माछापुच्छ्रेले ४.५० तथा प्रभु र नबिलले ४.५५ प्रतिशत कायम गरेका छन्।

राष्ट्र बैंकमा बैंकहरूले १२ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ तरलता पार्क गरेका छन्। निक्षेप बढ्ने तर कर्जा विस्तार नहुने भएपछि बैंकहरूले कोषको लागत घटाउन ब्याजदर कटौती गरिरहेका छन्।

बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले अधिक तरलता व्यवस्थापन गर्न व्यावसायिक रूपमा सम्भाव्य ठूला आयोजनामा लगानी बढाउनुपर्ने बताए। ५ प्रतिशतभन्दा माथिको मुद्रास्फीतिको तुलनामा मुद्दति निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा कम हुँदा ब्याज आम्दानीमा निर्भर ज्येष्ठ नागरिक प्रभावित भएको उनको भनाइ छ।

दाहालले विद्युत् प्रसारण तथा वितरणमा निजी क्षेत्रको सहभागिता बढाई बिजुली निर्यात र नयाँ लगानी विस्तार गर्नुपर्ने बताए। उनका अनुसार १० हजार मेगावाट विद्युत् उत्पादनका लागि करिब १५ अर्ब डलर लगानी आवश्यक पर्नेछ, जसका लागि भारत र बंगलादेशसँग ठोस विद्युत् खरिद सम्झौता आवश्यक छ।

2