Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

व्यवसायीको मनोबल बढाउन सरकारसँग माग

अ+ अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ। महासंघको वस्तुगत परिषद्को आयोजनामा भएको कार्यक्रममा विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीलाई बधाई दिँदै उद्योग व्यवसायको वर्तमान अवस्था, समस्या र सुधारका विषयमा अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणमा वस्तुगत संघको भूमिका महत्वपूर्ण रहेको बताए।

उनले आ–आफ्नो क्षेत्रका समस्या र सम्भावनालाई महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा उठाउन आग्रह गरे। वस्तुगत संघका समस्या महासंघका साझा समस्या भएकाले समाधानका लागि सरकारसँग आवश्यक पहल गर्न महासंघ तयार रहेको उनको भनाइ थियो।

अध्यक्ष श्रेष्ठले व्यवसायी त्रसित अवस्थामा रहेको, व्यावसायिक वातावरण कमजोर बन्दै गएको र बजारमा माग घटेको भन्दै अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यवसायीको मनोबल बढाउने वातावरण निर्माण गर्नुपर्ने बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रको आवाज प्रभावकारी बनाउन वस्तुगत संघहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले संघहरूले आफ्ना समस्या तथ्य र प्रमाणसहित प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले वस्तुगत संघका समस्या समाधानमा महासंघले सहजीकरण गर्ने बताए। निजी क्षेत्रका साझा मुद्दामा एकीकृत आवाज बनाउनुपर्ने उनको भनाइ थियो।

वस्तुगत परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले वस्तुगत संघहरू महासंघका महत्वपूर्ण आधारस्तम्भ रहेको बताए। उनले संघहरूबीच सहकार्य र समन्वय थप प्रभावकारी बनाउँदै उद्योग व्यवसायका साझा समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

महासंघका उपाध्यक्ष प्रबलजंग पाण्डेले उद्योग व्यवसायको विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र प्रतिस्पर्धी बजार आवश्यक रहेको बताए। वस्तुगत संघले आफ्ना समस्या र सुधारका विषयमा महासंघसँग निरन्तर समन्वय गर्नुपर्ने उनको भनाइ थियो।

वस्तुगत परिषद्का उपसभापति भक्तबहादुर हमालले निजी क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन संघहरूबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाल औषधी उत्पादक संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल कुरियर सेवा संघ, नेपाल डेरी एसोसिएसन, नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल इँटा उद्योग महासंघ, नेपाल होस्टल एसोसिएसन, नेपाल पर्यटक यातायात व्यवसायी संघ र रुद्राक्ष व्यवसायी संघका अध्यक्षहरूले आ–आफ्ना क्षेत्रका समस्या तथा सम्भावनाबारे धारणा राखेका थिए।

उनीहरूले औषधी उद्योग, गलैंचा तथा निर्यात, कुरियर, डेरी, घरजग्गा, इँटा, होस्टल, पर्यटक यातायात र रुद्राक्ष व्यवसायमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सरकार र महासंघबाट पहल हुनुपर्ने माग गरे।

कार्यक्रममा महासंघका अध्यक्ष, वस्तुगत परिषद्का सभापति तथा पदाधिकारीले नवनिर्वाचित पदाधिकारीलाई खादा लगाएर स्वागत तथा बधाई दिएका थिए।

2