काठमाडौं । कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेडले ७ जना पाइलटका लागि रोजगारी खुलाएको छ। कम्पनीले एयरबस एएस३५० सिरिजका हेलिकोप्टर सञ्चालनका लागि योग्य नेपाली जनशक्ति माग गरेको हो।
कम्पनीले हेलिकोप्टर पाइलट इन्स्ट्रक्टर ३ जना, हेलिकोप्टर पाइलट क्याप्टेन २ जना र हेलिकोप्टर कोपाइलट २ जना गरी कुल ७ जना पाइलट माग गरेको छ।
कम्पनीका अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले अद्यावधिक बायोडाटा, लाइसेन्स तथा सम्बन्धित आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
आवेदकसँग आईसीएओको सम्बन्धित सदस्य राष्ट्र वा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी भएको एएस३५० सिरिज हेलिकोप्टरमा मान्य एटीपीएल, सीएफआई वा सीपीएल (एच) लाइसेन्स हुनुपर्नेछ। अन्य आवश्यक योग्यता नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रचलित मापदण्डअनुसार हुने कम्पनीले जनाएको छ।
कम्पनीले २२ अगस्ट २०२६ मा रोजगारीसम्बन्धी सूचना प्रकाशित गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
आवेदन कैलाश हेलिकोप्टर सर्भिसेजको कार्यालयमा प्रत्यक्ष रूपमा वा तोकिएको माध्यमबाट बुझाउन सकिनेछ। कम्पनीको कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टीआईए कमर्सियल बिल्डिङ, लेभल–३, काठमाडौंमा रहेको छ।
आवेदनका लागि कम्पनीले [email protected] र [email protected] इमेल ठेगाना उपलब्ध गराएको छ।
