Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

टिप्सः पैसा बचाउन यी ९ सूत्र अपनाउनुहोस्

टिप्सः पैसा बचाउन यी ९ सूत्र अपनाउनुहोस्
A A+ A-

काठमाडौं । कमाइ राम्रो भएर मात्रै भविष्य सुरक्षित हुँदैन । कमाएको पैसा कहाँ खर्च गर्ने र कति बचाउने भन्ने बानीले आर्थिक अवस्था निर्धारण गर्छ । महिनाको अन्त्यमा पैसा सकिएर बचत गर्न नसक्ने समस्या छ भने यी सामान्य तर प्रभावकारी सूत्र अपनाउन सकिन्छ ।

तलब आएपछि पहिले बचत
आम्दानी आएपछि खर्च गरेर बाँकी रकम बचत गर्ने होइन, सुरुमा नै निश्चित रकम छुट्याउनुहोस् । बाँकी रकमबाट मात्र मासिक खर्च चलाउने बानी बसाल्नुहोस् ।

सानो रकमबाटै सुरुआत
धेरै पैसा भएपछि मात्रै बचत गर्ने सोच नराख्नुहोस् । आम्दानीअनुसार सानो रकम भए पनि हरेक महिना नियमित बचत गर्नुहोस् । निरन्तरता नै ठूलो बचतको आधार बन्न सक्छ ।

खर्चको हिसाब राख्नुहोस्
पैसा कहाँ गइरहेको छ भन्ने थाहा नभएसम्म बचत गर्न गाह्रो हुन्छ । दैनिक चिया, खाना, यातायात, मनोरञ्जनदेखि ठूला खरिदसम्मको खर्च टिपोट गर्ने बानी बसाल्नुहोस् ।

बचतको लक्ष्य तोक्नुहोस्
भविष्यमा घर, शिक्षा, व्यवसाय, यात्रा वा अवकाशका लागि कति रकम आवश्यक पर्छ भन्ने अनुमान गरेर बचतको लक्ष्य बनाउनुहोस् । लक्ष्य स्पष्ट भएपछि खर्च नियन्त्रण गर्न सजिलो हुन्छ ।

सेलको लोभमा नपर्नुहोस्
छुट पाएको भन्दै आवश्यक नै नभएको सामान किन्नु बचत होइन । सामान किन्नुअघि त्यो साँच्चै आवश्यक हो कि केवल छुट देखेर किन्न लागेको हो भन्ने छुट्याउनुहोस् ।

सापटीमा रहर पूरा नगर्नुहोस्
आफ्नो आम्दानीले नधान्ने सामान ऋण वा सापटी लिएर खरिद गर्ने बानीले भविष्यको बजेट बिगार्न सक्छ । आवश्यकता र हैसियत हेरेर मात्रै खर्च गर्नुहोस् ।

मनोरञ्जनको खर्च सीमित गर्नुहोस्
फिल्म, घुमघाम, रेस्टुराँ वा अन्य मनोरञ्जनका लागि खर्च गर्नु गलत होइन । तर यस्ता खर्चका लागि मासिक बजेट तोकेर त्यसैभित्र सीमित गर्नु राम्रो हुन्छ ।

बचतलाई लगानीमा लैजानुहोस्
आफ्नो जोखिम क्षमता र आर्थिक लक्ष्यअनुसार बचतको केही हिस्सा उपयुक्त वित्तीय साधनमा लगानी गर्ने विकल्प खोज्नुहोस् । सेयर, म्युचुअल फन्डलगायत माध्यम रोज्दा जोखिम बुझेर निर्णय गर्नु आवश्यक हुन्छ ।

फजुल खर्चलाई सीधै काट्नुहोस्
दैनिक हुने साना अनावश्यक खर्चले महिनामा ठूलो रकम खाइदिन सक्छ । आवश्यकता र रहर छुट्याएर खर्च गर्ने बानी बसाल्न सके बचत आफैँ बढ्दै जान्छ ।

2