Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

जनकपुरमा प्रोटोनको नयाँ ई मास ५

अ+ अ-

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याउँदै ‘द अल–न्यू प्रोटोन ई.मास ५’ सार्वजनिक गरेको छ। कम्पनीले यसलाई नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा बजारमा उतारेको हो।

सहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा आधुनिक बनाउने उद्देश्यसहित ई.मास ५ नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ। मलेसियामा आयोजित ‘एलिन्ज डीएसएफ भेइकल अफ द इअर अवार्ड २०२६’ मा ई.मास ५ ले ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इअर २०२६’ को उपाधिसमेत जितेको कम्पनीको दाबी छ।

ई.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो लगायतका सुविधा उपलब्ध छन्। दैनिक प्रयोगलाई ध्यानमा राख्दै गाडीमा ७० लिटर क्षमताको फ्रन्ट फ्रंक तथा ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस दिइएको छ।

त्यस्तै, गाडीमा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेकाले यात्राका क्रममा आवश्यक सामान व्यवस्थापन गर्न सहज हुने कम्पनीले जनाएको छ।

जनकपुरधाममा आयोजित सोरुम उद्घाटन तथा ई.मास ५ सार्वजनिक कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, व्यावसायिक साझेदार तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले जनकपुरका ग्राहकलाई लक्षित गर्दै ई.मास ५ सार्वजनिक गरिएको बताए। उनका अनुसार प्रोटोनसँगको साझेदारीलाई निरन्तरता दिँदै नेपाली बजारमा विद्युतीय सवारीको पहुँच विस्तार गर्ने कम्पनीको योजना छ।

उनका अनुसार ई.मास ५ को सार्वजनिक कार्यक्रम भक्तपुरबाट सुरु भएर धनगढी हुँदै जनकपुरसम्म पुगेको छ। कम्पनीले शनिबार वीरगञ्जमा समेत गाडी सार्वजनिक गर्ने जनाएको छ।

जगदम्बा मोटर्सले नेपालभर रहेका प्रोटोनका ११ वटा सोरुममार्फत ई.मास ५ बिक्री तथा ग्राहकसम्म पुर्‍याउने तयारी गरेको छ। कम्पनीले विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा स्थापित गर्ने अभियानलाई थप विस्तार गर्ने जनाएको छ।

ई.मास ५ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार प्राइम भेरियन्टको विशेष सुरुआती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको विशेष सुरुआती मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

2