udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

४६ लाखमै नेपाल आयो नेभो क्यू०५

४६ लाखमै नेपाल आयो नेभो क्यू०५
A A+ A-

काठमाडौं । एमएडब्लू वृद्धि नेपालले चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम सब-ब्रान्ड नेभोको नयाँ विद्युतीय एसयूभी दीपल नेभो क्यू०५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रम आयोजना गरी नयाँ विद्युतीय एसयूभी सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नेभो क्यू०५ ले नेपाली बजारमा प्रविधि, आराम, सुरक्षा र विलासिताको संयोजन प्रस्तुत गर्नेछ । नेपालमा बिक्री सुरु भएलगत्तै ग्राहकलाई बिक्रीपछिको सेवा सुनिश्चित गर्न एमएडब्लू नेपालले ७ करोड रुपैयाँभन्दा बढी मूल्यका स्पेयर पार्ट्स तयारी अवस्थामा राखेको जनाएको छ । ग्राहकका लागि २४ घण्टा सञ्चालन हुने हेल्पलाइनको व्यवस्था पनि गरिएको छ ।

नेपालमा नेभो क्यू०५ दुई भेरियन्टमा उपलब्ध हुनेछ । म्याक्स र अल्ट्रा भेरियन्टको मूल्य नाडा अटो शो अवधिका लागि क्रमशः ४६ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

अटो शोपछि भने म्याक्सको मूल्य ४८ लाख ९९ हजार र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । यस हिसाबले अटो शो अवधिमा ग्राहकले दुवै भेरियन्टमा २ लाख रुपैयाँसम्मको मूल्य लाभ पाउनेछन् ।

४६२ किलोमिटरसम्म रेन्ज

नेभो क्यू०५ मा १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । गाडीमा ५२ किलोवाट आवर क्षमताको ‘गोल्डेन शिल्ड २.०’ ब्याट्री प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार पूर्ण चार्जमा यसले ४६२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ । शहरी आवागमनसँगै लामो दूरीको यात्रालाई लक्षित गरेर गाडीको ब्याट्री तथा मोटर संयोजन गरिएको कम्पनीको दाबी छ ।

एसयूभीको डिजाइन इटालीको ‘ए–डिजाइन अवार्ड’मा गोल्ड मेडल जितेको ‘क्लाउड्स एन्ड सोफिया’ कन्सेप्टमा आधारित रहेको कम्पनीले जनाएको छ । ४.५४ मिटर लम्बाइ र २.७३ मिटर ह्विलबेसका कारण यसको क्याबिन तुलनात्मक रूपमा फराकिलो रहेको कम्पनीको भनाइ छ ।

विलासी क्याबिन र स्मार्ट फिचर

नेभो क्यू०५ को क्याबिनमा ८० प्रतिशतसम्म सफ्ट–टच सामग्री प्रयोग गरिएको छ । नौ तहको कुशन सिट तथा ६७ स्थानमा साउन्ड इन्सुलेसन प्रविधि प्रयोग गरिएकाले यात्राका क्रममा आराम र कम आवाजमा यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।

गाडीमा सुरक्षाका लागि १८ वटा स्मार्ट ड्राइभिङ प्रणाली समावेश गरिएको छ । ट्रान्सप्यारेन्ट च्यासिस, स्वचालित इमर्जेन्सी ब्रेक तथा स्टेयरिङ कन्ट्रोललगायतका सुविधा पनि उपलब्ध छन् ।

मोबाइल एपमार्फत गाडीको चार्जिङ अवस्था, लोकेसन तथा तापक्रम नियन्त्रण गर्न सकिने सुविधा समेत दिइएको छ । यसले चालकलाई गाडीको अवस्थाबारे टाढैबाट जानकारी लिन तथा केही प्रमुख फिचर नियन्त्रण गर्न सहज बनाउने कम्पनीले जनाएको छ ।

ब्याट्रीमा ११ वर्षको वारेन्टी

एमएडब्लू नेपालले नेभो क्यू०५ का ग्राहकलाई ५ वर्षको सवारी साधन वारेन्टी दिने जनाएको छ । ब्याट्री तथा ड्राइभट्रेनमा भने ११ वर्ष वा ३ लाख किलोमिटर, जुन पहिले हुन्छ, त्यतिसम्मको वारेन्टी उपलब्ध गराइने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार नेपालमा विद्युतीय सवारीको ब्याट्री तथा ड्राइभट्रेनमा उपलब्ध गराइने यो लामो अवधिको वारेन्टीमध्ये एक हो ।

बिक्रीपछिको सेवामा ग्राहकको विश्वास बढाउन ७ करोड रुपैयाँभन्दा बढीका स्पेयर पार्ट्सको स्टक राखिएको र २४ घण्टा हेल्पलाइन सञ्चालनमा ल्याइएको एमएडब्लू नेपालले जनाएको छ ।

कम्पनीले नेभो क्यू०५ मार्फत नेपाली विद्युतीय एसयूभी बजारमा नयाँ प्रतिस्पर्धा थपिने अपेक्षा गरेको छ । मूल्य, रेन्ज, प्रविधि, सुरक्षा तथा लामो वारेन्टीलाई यसको मुख्य प्रतिस्पर्धात्मक आधारका रूपमा प्रस्तुत गरिएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action