Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एसआरएमका १,१११ ईभी बिक्री

अ+ अ-

काठमाडौं । नेपालमा एसआरएम ब्रान्डका विद्युतीय सवारी साधनको बिक्री १ हजार १११ थान पुगेको छ। नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी मोटर्सले अगस्ट २०२३ देखि नेपाली बजारमा एसआरएमका विद्युतीय सवारी बिक्री गर्दै आएको हो।

बिक्रीको उक्त कोसेढुंगा पार गरेको अवसरमा कम्पनीले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा एसआरएमका एसियाली बजार महाप्रबन्धक वाङ लु, बिक्री प्रबन्धक लुसिया वाङ, भिजी मोटर्सका प्रबन्ध निर्देशक विशाल अग्रवाल, प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे, बिजनेस हेड चन्दन रौनियार तथा ब्रान्ड एम्बेसडर एवं तेक्वान्दो खेलाडी दीपक विष्ट सहभागी थिए।

कम्पनीले १ हजार १११ थान बिक्रीलाई ‘१,१११ यात्रा, १,१११ जीविका र १,१११ कथा’का रूपमा व्याख्या गरेको छ। एसआरएमका विद्युतीय सवारी विद्यालय, संस्थागत यातायात, सामान ढुवानी तथा साना व्यवसायमा प्रयोग भइरहेको कम्पनीले जनाएको छ।

१० हजार ईभी पुर्‍याउने लक्ष्य

भिजी मोटर्सले आगामी दिनमा नेपालमा १० हजार थान एसआरएम विद्युतीय सवारी पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको छ। लक्ष्य हासिल गर्न कम्पनीले बिक्रीपछिको सेवा, चार्जिङ पूर्वाधार र प्राविधिक तालिममा लगानी बढाउने जनाएको छ।

कम्पनीका अनुसार हाल देशभर ३० भन्दा बढी सर्भिस टचपोइन्ट र १०० भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन्। त्यस्तै, ४० जिल्लाका १ हजार ५०० भन्दा बढी मेकानिक तथा ५० भन्दा बढी ड्राइभिङ प्रशिक्षकलाई विद्युतीय सवारी प्रविधिबारे तालिम दिइएको छ।

नेपाल सुहाउँदो प्रविधिमा जोड

नेपालको सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर एसआरएमका विद्युतीय सवारीमा ग्राउन्ड क्लियरेन्स, मोटर पावर र टर्क बढाइएको कम्पनीले जनाएको छ। सवारीमा सीएटीएल ब्याट्री प्रयोग गरिएको छ भने सर्तसहित ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको कम्पनीको भनाइ छ।

कम्पनीले आगामी दिनमा दुईवटा विद्युतीय ट्रक र एउटा एमपीभी नेपाली बजारमा ल्याउने तयारीसमेत गरेको छ।

कार्यक्रममा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजलाई १ हजारौं ग्राहकका रूपमा सम्मान गरिएको थियो। युरो स्कुल, छाउनीलाई सबैभन्दा धेरै एसआरएम ईभी खरिद गर्ने संस्थाका रूपमा सम्मान गरिएको थियो। डिस्कभरी एजुकेसन नेटवर्कलाई ‘एसआरएम पायोनियर अवार्ड’ प्रदान गरिएको थियो।

भिजी मोटर्सले ग्राहक सेवा तथा स्पेयर पार्ट्सको सहज उपलब्धतालाई प्राथमिकतामा राख्दै नेपालमा विद्युतीय व्यावसायिक सवारीको प्रयोग विस्तार गर्ने जनाएको छ।

2