काठमाडौं । सामसङ नेपालले आफ्ना टिभी तथा घरायसी उपकरणमा २३ प्रतिशतसम्म नगद फिर्तासहित विशेष मनसुन अफर सार्वजनिक गरेको छ। सीमित अवधिका लागि ल्याइएको योजनामा टिभी, वासिङ मेसिन र रेफ्रिजेरेटर खरिदमा नगद फिर्तासँगै विभिन्न उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
अफरअन्तर्गत टिभीमा मोडलअनुसार २१ प्रतिशतसम्म नगद फिर्ता पाइनेछ। नियो क्यूएलईडीमा ७ प्रतिशतसम्म, मिनी एलईडीमा ६ प्रतिशतसम्म, क्यूएलईडीमा १८ प्रतिशतसम्म, यूएचडीमा १२ प्रतिशतसम्म, एफएचडीमा ७ प्रतिशतसम्म र एचडी टिभीमा २१ प्रतिशतसम्म नगद फिर्ता उपलब्ध हुनेछ।
मिनी एलईडीको ८५ इन्च तथा यूएचडीको ७५ इन्च मोडल खरिद गर्दा ४९ हजार ९९९ रुपैयाँ मूल्यको साउन्डबार उपहार दिइने कम्पनीले जनाएको छ। छनोट गरिएका टिभी मोडलमा ६ देखि १२ महिनासम्म निःशुल्क नेटटिभी सदस्यताको सुविधा पनि रहेको छ।
वासिङ मेसिनतर्फ ९ देखि ११ केजी क्षमताका एआई इकोबबल वासर ड्रायरमा २३ प्रतिशतसम्म, ९ देखि १२ केजीका एआई इकोबबल फ्रन्ट लोडमा २२ प्रतिशतसम्म तथा ८ केजी पूर्ण स्वचालित र ७ केजी अर्धस्वचालित टप लोडमा १२ प्रतिशतसम्म नगद फिर्ता पाइनेछ।
रेफ्रिजेरेटरमा साइड बाइ साइड मोडलमा ११ प्रतिशतसम्म, फाइभ इन वानमा १५ प्रतिशतसम्म, डबल डोरमा १७ प्रतिशतसम्म र सिंगल डोर मोडलमा १५ प्रतिशतसम्म नगद फिर्ता उपलब्ध रहेको कम्पनीले जनाएको छ।
यसैगरी, हुलास फिनसर्भ हायर पर्चेजमार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाबाट ग्राहकले २४ महिनासम्मको किस्ताबन्दी योजनामा घरायसी उपकरण खरिद गर्न सक्नेछन्। पुराना उपकरण साटेर नयाँ सामसङ उपकरण खरिद गर्न एक्सचेन्ज सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। अफर र उपलब्ध मोडलसम्बन्धी थप जानकारी सामसङका अधिकृत बिक्री केन्द्रबाट लिन सकिनेछ।
