झापा। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले १५ लाख सहयोग गर्ने भएको छ ।
सहारा नेपाल (साकोस) ले विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग गर्ने निर्णय गरेको हो ।
साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार ‘मेरो गौरव, मेरो सहारा, सबैका लागि सधैंका लागि’ भन्ने नारासहित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको हो ।
