Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

स्याउ खेतीमा कर्मको ‘छलाङ’

स्याउ खेतीमा कर्मको ‘छलाङ’
A A+ A-

मुस्ताङ । व्यावसायिक स्याउ खेती गरिरहेका मुस्ताङका किसान कर्म गुरुङले जिल्लाकै नमुना स्याउ किसानको परिचय बनाएका छन्। आधा शताब्दीदेखि स्याउ खेतीमा सक्रिय रहेका घरपझोङ–५ का गुरुङ पछिल्लो साढे दुई दशकदेखि व्यावसायिक स्याउ खेतीमा सक्रिय छन्।

स्याउ खेतीमा उनका परिवारको तीन पुस्ताको इतिहास छ। सानैदेखि बाबुबाजेसँगै स्याउ खेतीमा संलग्न गुरुङ मुस्ताङमा किसानका रुपमा स्थापित छन्। उनको लोभ लाग्दा स्याउ बगैंचाले कर्म गरे यही सुन फल्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। स्याउ किसान गुरुङको मेहनत, परिश्रम र दृढ इच्छा शक्तिले कुनै पनि व्यक्तिले चाहेका खण्डमा के सम्भव छैन भन्ने पाठ सिकाएको छ।

यतिबेला गुरुङका बगैंचामा स्थानीय र हाइब्रिड जातका स्याउ बोटमा लटरम्म राताम्मे स्याउ फलेका छन्। गुरुङले आफ्नो बगैंचामा फलेका स्याउलाई पैसा फलेको संज्ञा दिन्छन्।

किसान गुरुङले सदियौंदेखि परम्परागत स्याउ खेतीलाई निरन्तरता दिँदै पछिल्ला दशकदेखि व्यावसायिक रुपमा छिटो उत्पादन दिने उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ खेतीतर्फ लागि परेका छन् । उनले मुस्ताङको ढुम्बा, सम्ले, सिन्तामणि रिसोर्टलगायत विभिन्न स्थानमा निजी, अन्य व्यक्ति तथा समुदायको जग्गा भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेका छन्। अहिले करिब ७०० रोपनी क्षेत्रफलमा कर्मशील कृषक गुरुङले बगैंचा विस्तार गरेका छन्।

उनले आफ्नो र भाडामा लिएको जग्गामा पाँच हजार बढी स्थानीय जातका लोकल स्याउका बोट र ५७ हजार बढी हाइब्रिड जातका छिटो उत्पादन दिने स्याउका बिरुवा विस्तार गरिसकेका छन्। स्याउ खेतीमा योजनाबद्ध रुपमा समर्पित हुनसकेमा लक्ष्यप्राप्ति गर्न कुनै समस्या नहुने जनाउँदै किसान गुरुङले स्याउ खेतीका लागि १० वटा जर्सी गाई, ६०० च्याङ्ग्रा र २५ वटा मौरीको घार व्यवस्थापन गरेका छन्।

स्याउ खेतीलाई अर्गानिक उत्पादन दिलाउन उनले पर्याप्त मात्रामा पशुचौपाया र मौरीको घार विस्तार गरेका हुन्। गुरुङले मुस्ताङको विश्वमै चर्चामा रहेको सिन्तामणि रिसोर्ट नजिकै रहेको ७० रोपनी जग्गामा करिब १३ हजार बढी हाइब्रिड स्याउका बिरुवा रोपेका छन्। किसान कर्मको चिम्ले अचार्ड कृषि स्याउ फार्म मुख्य ब्राण्ड बनिसकेको छ।

गत वर्ष स्थानीय र हाइब्रिड स्याउ गरी आफूले ४०० मेट्रिक टन स्याउ उत्पादन गरी करिब १२ करोड बराबरको आर्थिक कारोबार गरेको उनी बताउँछन्। यस वर्ष किसान गुरुङले ७०० मेट्रिक टन स्याउ उत्पादन गर्ने लक्ष्य राखेका छन्। यस वर्ष स्याउको परागसेचन हुने समयमा मौसम अनुकूल भएकाले स्याउ उत्पादन निकै राम्रो देखिएको किसान गुरुङ बताउँछन्। यस वर्ष उत्पादन हुने स्याउबाट करिब १७ करोडदेखि २० करोडसम्मको आर्थिक कारोबार हुने किसान गुरुङको प्रारम्भिक प्रक्षेपण छ।

मुस्ताङमा आफ्नो फार्ममा उत्पादन भएको स्याउको सबै मापदण्ड पूरा गरी बजार पुर्‍याउने गरेको उनको दाबी छ। यस वर्ष उत्पादन भएको स्याउ काठमाडौं पु¥याएर बिक्री गर्ने तयारी भइरहेको बताए। विगतका वर्षमा सडक सहज नहुँदा बजारीकरणका लागि निकै समस्या र चुनौती हुने गरेकामा पछिल्लो समय यातायातको सहज पहुँचपछि स्याउ ढुवानी गर्न समस्या नभएको उनी बताउँछन्।

उनको चिम्ले अचार्ड कृषि फार्ममा २५ जनाभन्दा बढीले बाह्रै महिना रोजगारी पाएका छन् भने १०० भन्दाबढी श्रमिकले अल्पकालीन रोजगारी प्राप्त गरिरहेका छन्। वार्षिक रुपमा प्राप्त आम्दानी उनले स्याउ खेती विस्तारमै लगानी गर्दै आएका छन् । इटालीबाट आयात गरिएको विदेशी उच्च घनत्वको हाइब्रिड स्याउ खेतीका लागि पर्याप्त पूर्वाधार तथा बिरुवालाई आवश्यकपर्ने टेको समेत विदेशबाट व्यवस्थापन गरेका छन् । युटुब भिडियो हेर्दै स्याउ खेतीबारे जानकारी हासिल गर्दै आएका गुरुङले त्यसबाट खेती गर्ने तरिकाबारे गहकिलो ज्ञान प्राप्त हुने गरेको प्रतिक्रिया दिन्छन्।

पछिल्ला वर्षमा जलवायु परिवर्तनको असरले स्याउ खेतीतर्फ निकै असर पुर्‍याउन थालेको उनको भनाइ छ। कृषक गुरुङका अनुसार, यसबीचमा पनि स्याउ खेतीका लागि अनुकूलका उपाय र उपयुक्त व्यवस्थापन गर्नसकेमा जलवायु परिवर्तनका असरबाट हुने क्षति रोक्न सकिनेछ। उनको घरपझोङ गाउँपालिकाभित्र करिब आधा दर्जन बढी स्याउ ब्लग रहेको छ। कर्मको स्याउ विस्तार अभियानमा परिवारका सबै सदस्यको साथ सहयोग रहेकाले उनको उत्साह अझ बढेको छ।

2