udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विराटनगर भन्सारले साउनमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन

विराटनगर भन्सारले साउनमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन
A A+ A-

काठमाडौं। विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको तथ्यांकले देखाएको छ।

कार्यालयका अनुसार साउन महिनाका लागि ३ अर्ब ९ करोड ३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर, उक्त अवधिमा कार्यालयले २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। यो निर्धारित लक्ष्यको ८८.४७ प्रतिशत मात्र हो।

कार्यालयले गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा राजस्व संकलनको लक्ष्य घटाएको थियो।

गत वर्ष साउन महिनाका लागि ३ अर्ब ३८ करोड ७ लाख रुपैयाँको लक्ष्य तोकिएको थियो। यद्यपि, लक्ष्य घटाइए पनि कार्यालयले सो परिमाण पूरा गर्न सकेन।

यसैबीच, गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउनमा राजस्व संकलनमा केही सुधार देखिएको छ।

गत वर्षको साउन महिनामा कार्यालयले २ अर्ब ६४ करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। यस वर्षको साउनमा गत वर्षको तुलनामा ९ करोड रुपैयाँ बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action