काठमाडौं। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका आधारभूत शेयरधनी हेमराज ढकालले आफ्नो स्वामित्वमा रहेको २० लाख कित्ता शेयर बिक्री गर्ने भएका छन्।
कम्पनी सचिव सुधा अर्यालका अनुसार ढकालले शेयर बिक्री गर्ने मनसायसहित नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी गराएका छन्।
नेपाल धितोपत्र बोर्डको २०८३ भदौ ९ गतेको निर्देशनअनुसार कम्पनीका आधारभूत शेयरधनीले कुल शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने व्यवस्था छ।
सोही कानुनी व्यवस्थाको पालना गर्दै ढकालले आगामी तीन महिनाभित्र उक्त शेयर बिक्री गर्ने जानकारी गराएका हुन्।
