udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

छुजुङ खोला जलविद्युत आयोजनाका लागि ९ अर्ब ऋण जुट्यो

छुजुङ खोला जलविद्युत आयोजनाका लागि ९ अर्ब ऋण जुट्यो
A A+ A-

काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिका-२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशय जलविद्युत आयोजनाका लागि नौ अर्ब रुपैयाँ ऋण लगानी जुटेको छ। सांग्रिला ऊर्जा लिमिटेडले निर्माण गरिरहेको यस आयोजनाका लागि माछापुच्छ्रे बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको हो।

आयोजनाको कूल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ। जसमध्ये नौ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण र बाँकी तीन अर्ब रुपैयाँ घलेम्दी हाइड्रो लिमिटेडलगायतका संस्थापकको स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ। यस सहवित्तीयकरणमा प्रभु बैंक र लुम्बिनी विकास बैंक सह-अगुवा रहेका छन् भने मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छन्।

आयोजनाको प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ अनुमान गरिएको छ। चार घण्टा अर्ध-जलाशययुक्त प्रकृतिको यो आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट ऊर्जा उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ। उत्पादित विद्युत ५५ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइनमार्फत शीतलपाटीस्थित २२० केभी सबस्टेशनमा जोडिनेछ।

आयोजनाका प्रवर्द्धक सांग्रिला ऊर्जाका कार्यकारी अध्यक्ष किशोर सुवेदीले आयोजनाको हेड ९०० मिटरभन्दा बढी रहेकाले कम लागत र छोटो समयमा निर्माण सम्पन्न गर्न सकिने बताए। कम्पनीका प्रबन्ध निर्देशक पुष्कर पौडेलका अनुसार आयोजनाले सुक्खायाममा पनि दैनिक चार घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्नेछ। आयोजनाको भौगोलिक अवस्थितिका कारण बाढी तथा हिमपहिरोको जोखिम न्यून रहेको पनि उनले जानकारी दिए।

बैंक सम्झौता कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आयोजना तोकिएको समयमै सम्पन्न गर्न बैंक प्रतिबद्ध रहेको बताए। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले प्रवर्द्धकको अनुभव र बैंकको सहयोगले आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। हाल आयोजनाको १४ किलोमिटर पहुँचमार्ग र क्याम्प निर्माण सम्पन्न भइसकेको छ। यसका साथै, सांग्रिला ऊर्जाले बाजुरामा १७१ मेगावाटको अर्को जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action