udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

धनकुटामा स्थानीय माछाको माग धान्न मुस्किल

धनकुटामा स्थानीय माछाको माग धान्न मुस्किल
A A+ A-

धनकुटा: धनकुटामा व्यावसायिक माछा पालन गर्ने किसानहरूले बजारको माग धान्न नसकेको पाइएको छ। जिल्लाको छथर जोरपाटी गाउँपालिका-१ माक्लुङका पदम कटुवालले आफ्नो बारीमा पाँचवटा पोखरी निर्माण गरी माछा पालन गर्दै आएको छ। उनका अनुसार पोखरीबाटै माछा बिक्री हुने र अग्रिम अर्डर आउने भएकाले बजारको समस्या छैन। वार्षिक करिब पाँच क्विन्टल माछा उत्पादन गर्दै आएका कटुवालले माग अनुसारको उत्पादन गर्न नसकिएको बताए।

त्यसैगरी, सोही क्षेत्रका होमकुमार लिम्बुले २०७३ सालदेखि आठवटा पोखरी निर्माण गरी माछा पालनलाई व्यावसायिक रूप दिनुभएको छ। पानीको सहज उपलब्धता र बजारको मागका कारण आफू यो पेसामा लागेको उहाँले बताउनुभयो। हाल धनकुटाको लेउती, बाख्रे, पात्ले खोला र हात्तिखर्कलगायतका क्षेत्रमा व्यावसायिक माछा उत्पादन हुँदै आएको छ।

भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र धनकुटाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा दुई सय ६४ परिवारले १७.२ हेक्टर क्षेत्रफलमा माछा पालन गरिरहेका छन्। जसबाट वार्षिक ३३.७ मेट्रिक टन माछा उत्पादन हुन्छ। तर, सूचना अधिकारी दिनेश कार्कीका अनुसार यो उत्पादन जिल्लाको कुल मागको १० प्रतिशत पनि छैन। जसका कारण व्यापारीहरू तराईका जिल्लाबाट माछा ल्याउन बाध्य छन्।

केन्द्रकी प्रमुख हिमा कुमारी गौतमले माछा पालनमा प्रचुर सम्भावना भए पनि प्राविधिक ज्ञानको कमी, सिँचाइ सुविधाको अभाव र वित्तीय संस्थाको लगानीमा चासो नहुँदा कृषकहरू व्यावसायिक रूपमा अघि बढ्न नसकेको बताए। जिल्लामा उच्च भेगमा असला र सहर तथा तल्लो भेगमा मुङ्ग्री, रौ, कमनकार्भ र ग्रासकार्भ माछा व्यावसायिक रूपमा सफल देखिएका छन्।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action