काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ।शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो।
