Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

काठमाडौँका खुला बजारमा बढ्यो किनमेलको चाप

काठमाडौँका खुला बजारमा बढ्यो किनमेलको चाप
A A+ A-

काठमाडौँ। दसैँ नजिकिएसँगै काठमाडौँका भृकुटीमण्डपलगायतका विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप ह्वात्तै बढेको छ। दसैँका लागि आवश्यक नयाँ कपडा तथा अन्य सामग्री खरिद गर्नेको चहलपहल अन्य समयको तुलनामा निकै बढेको हो।

भृकुटीमण्डपका व्यापारी अशोक खतिवडाले दसैँको किनमेल सुरु भएसँगै बजारमा ग्राहकको उपस्थिति उल्लेख्य बढेको बताए। उनले भने, “दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। आज बिहानदेखि नै बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ।” विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि कपडा खरिद गर्नेको सङ्ख्या बढी रहेको उनले जानकारी दिए।

अर्का व्यापारी श्यामप्रकाश अधिकारीले नेपाली परम्पराअनुसार दसैँमा नयाँ कपडा लगाउने चलनले गर्दा व्यापार बढेको बताए। उनले ग्राहकको चाप बढेसँगै व्यापारीहरूलाई सामान देखाउन र व्यवस्थापन गर्न भ्याइनभ्याइ भएको उल्लेख गरे। खुला बजारमा सस्तो मूल्यमा विभिन्न सामान एकै ठाउँमा पाइने भएकाले सीमित आम्दानी भएका परिवारको रोजाइमा यी बजार पर्ने गरेका छन्।

सुन्धारास्थित सडकपेटीमा व्यापार गर्दै आएकी सङ्गीता न्यौपानेका अनुसार सपिङ मलको तुलनामा सडकपेटीका पसलमा सामान केही सस्तो पाइने भएकाले ग्राहकको आकर्षण बढेको हो। यसका साथै मौसममा आएको परिवर्तनसँगै ज्याकेट, स्विटर र हुडीजस्ता न्यानो कपडाको माग पनि बढ्न थालेको व्यापारी हरिकृष्ण कँडेलले बताए।

हाल भृकुटीमण्डप, असन, इन्द्रचोक, न्युरोड र सुन्धाराजस्ता बजारमा ग्राहकको चाप बढ्दो छ। व्यापारीहरूले दसैँलाई लक्षित गरी विभिन्न डिजाइन र रङका कपडाको मौज्दात बढाएका छन्। दसैँको किनमेलका लागि अझै समय बाँकी रहेकाले आगामी दिनमा ग्राहकको सङ्ख्या अझ बढ्ने व्यवसायीहरूको अपेक्षा छ।

2