Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

आज कुन तरकारीको मूल्य कति?

आज कुन तरकारीको मूल्य कति?
A A+ A-

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज धेरैजसो तरकारीको मूल्यमा खासै परिवर्तन आएको छैन भने परबलको मूल्यमा केही गिरावट देखिएको छ।

आज कालीमाटी बजारमा लोकल परबलको थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा २० रुपैयाँले कम हो।

बजारमा ठूलो नेपाली गोलभेँडाको औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ र ठूलो भारतीय गोलभेँडाको ७५ रुपैयाँ रहेको छ। त्यस्तै, रातो आलु ५७ रुपैयाँ, भारतीय सुकेको प्याज ८४ रुपैयाँ, लोकल बन्दा ४६ रुपैयाँ र स्थानीय काउली ११० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

अन्य तरकारीहरूमा लाम्चो भन्टा ५५ रुपैयाँ, तने बोडी १३० रुपैयाँ, करेला १२५ रुपैयाँ, लौका ९५ रुपैयाँ, भिन्डी ८५ रुपैयाँ र स्कुस २५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

सागपाततर्फ रायो र पालुंगोको साग प्रतिकिलो १७५ रुपैयाँमा बिक्री भइरहेको छ। च्याउको मूल्यमा कन्य च्याउ २५२ रुपैयाँ र डल्ले च्याउ ४७५ रुपैयाँ प्रतिकिलो रहेको छ। उच्च मूल्य रहेको कुरिलोको थोक मूल्य प्रतिकिलो ७५० रुपैयाँ कायम गरिएको छ।

समितिले सार्वजनिक गरेको यो मूल्य सूची थोक बजारको हो। खुद्रा बजारमा यी तरकारीहरूको मूल्य यसभन्दा निकै बढी हुन सक्नेछ।

2