काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।अघिल्लो दिन सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।
