काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।
