Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबारसम्मका लागि सर्‍यो

सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबारसम्मका लागि सर्‍यो
A A+ A-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने गरी आज बिहान बैठक बस्ने भनिएको थियो।

प्रदेशसभा सचिवालयले अन्तिम समयमा स्थगित भएको बैठक अब २४ गतेका लागि तय भएको जनाएको छ। प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले आज बिहान ८ः०० बजे बस्ने गरी तयारी गरिए पनि सरकारको आग्रहपछि अब २४ गते बिहान ८ः०० बजे बस्नेगरी समय निर्धारण गरिएको जानकारी दिए।

“प्रदेश सरकारबाट अनुरोध भएअनुसार हामीले आज बिहान ८ः०० बजे बस्ने गरी बैठकको तयारी गरेका थियौं, तर बैठक बस्न सकेन। सरकारको आग्रहमै अब २४ गते बिहान बस्नेगरी समय निर्धारण गरेका छौं”, उनले भने।

हाल सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था रहेको छ। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले चालु आर्थिक वर्षका लागि प्रदेशसभामा बजेट पेस गरिसकेको अवस्थामा सरकार फेरबदल भएपछि यस्तो अवस्था आएको हो।

यहाँ गत साउन २९ गते नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको सरकार गठन भएको थियो।

2