Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

राजविराजमा खसीबोका बजार अव्यवस्थित

राजविराजमा खसीबोका बजार अव्यवस्थित
A A+ A-

राजविराज: दसैँका लागि सप्तरीको राजविराज नगरपालिका: ४ स्थित माछा हटियामा खसीबोका बजार सञ्चालनमा आए पनि व्यवस्थापन, मूल्य पारदर्शिता र सुरक्षाको अवस्था कमजोर देखिएको छ। नगरपालिकाले खसीबोका बिक्री गरेबापत प्रतिगोटा २ सय रुपियाँ बट्टा असुली गरे पनि सोहीअनुसारको सुविधा र व्यवस्थित वातावरण नरहेको व्यापारीहरूको गुनासो छ।

राजविराज नगरपालिकाको माछा हटियादेखि गजेन्द्र चोकसम्मको करिब ५ सय मिटर सडकमा खसीबोकाको खरिदबिक्री हुँदै आएको छ। बजारमा सप्तरीका विभिन्न ग्रामीण भेगसहित सिरहा, लहान र भारतबाट समेत व्यापारीहरू आउने गरेका छन्। दसैँमा खसीबोकाको माग उच्च हुने भए पनि बजारमा मूल्यसूची नराखिँदा र अनुगमनको अभावमा उपभोक्ताहरू मर्कामा परेका छन्। स्थानीय उपभोक्ता डोमन साहले बजारमा खरिदबिक्री व्यवस्थित गर्ने र सुरक्षाको प्रबन्ध मिलाउने काम नभएको बताउनुभयो।

राजविराज नगरपालिकाका प्रवक्ता जयनारायण मण्डलका अनुसार नगरपालिकाले कर्मचारी शीतल दासको नाममा अमानतमा बट्टा असुली गरिरहेको छ। नगरपालिकाले प्रतिगोटा २ सय रुपियाँ शुल्क तोके पनि खसीबोकाको मूल्य निर्धारण भने गरेको छैन। व्यापारी राजेन्द्र यादवले नगरपालिकाले शुल्क मात्र असुलिरहेको तर बजार व्यवस्थापनमा चासो नदिएको आरोप लगाउनुभयो।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्लामा बजार अनुगमनको काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिलेसम्म राजविराजको खसीबोका बजारमा अनुगमन गरिएको छैन। यद्यपि, अब उक्त बजारमा पनि अनुगमन गरिने उहाँले बताउनुभयो। चाडपर्वका बेला मूल्यमा मनपरी र उपभोक्ता ठगिने जोखिम रहेकाले स्थानीय सरकारले बजार व्यवस्थित गर्न, मूल्य पारदर्शिता कायम गर्न र सुरक्षाको उचित प्रबन्ध मिलाउन आवश्यक देखिएको छ।

2