Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

जुम्लाको स्याउ : बोटमै कुहिने अवस्थाबाट ब्राण्डको रूपमा स्थापित

जुम्लाको स्याउ : बोटमै कुहिने अवस्थाबाट ब्राण्डको रूपमा स्थापित
तस्बिरः टेकबहादुर बुढा/रासस
A A+ A-

जुम्ला। कुनै समय बजारसम्म पुग्ने सडक नहुँदा बोटमै कुहिएर खेर जाने जुम्लाको स्याउ अहिले देशभर लोकप्रिय बनेको छ।

सडक पहुँच, आधुनिक खेती प्रविधि, सिँचाइ र बजारीकरणमा आएको सुधारले जुम्ली स्याउलाई एक स्थापित ब्राण्डको रूपमा विकास गरेको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गतको कृषि-खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा परियोजना (रेरास) को आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय सहकारीको सक्रियताले स्याउ खेतीलाई व्यावसायिक बनाएको हो। परियोजनाको सहयोगमा किसानले बगैँचा व्यवस्थापन, काँटछाँट, रोगकिराको पहिचान र फल टिप्ने आधुनिक तरिका सिकेका छन्। पातारासी गाउँपालिका-४ की चन्नरूपा बुढाले यस वर्ष आफ्नो बगैँचाबाट १२ क्विन्टल स्याउ बिक्री गरेकी छन्।

धौलापानीमा विद्युतमा आधारित लिफ्ट सिँचाइ र जैविक मलको प्रयोगले उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। ६२ परिवारले सामूहिक रूपमा सञ्चालन गरेको बगैँचामा गत वर्ष ३० टन उत्पादन भएकामा यस वर्ष ५५ टन पुगेको छ। सिँचाइ र व्यवस्थापनमा सुधार आएसँगै स्याउको आकार, रङ र गुणस्तरमा समेत सुधार आएको किसानको अनुभव छ।

बजारीकरणमा सुधार हुँदा किसानले पाउने मूल्य पनि बढेको छ। गत वर्ष प्रतिकिलो ४० रुपैयाँमा स्याउ बेच्न बाध्य किसानले यस वर्ष चन्दननाथ र पञ्चेश्वर सहकारीमार्फत बगैँचाबाटै प्रतिकिलो ८० रुपैयाँ पाएका छन्।

सहकारीले खरिद-बिक्री सम्झौता गरी बजार व्यवस्थापन गर्न थालेपछि बिचौलियामाथिको निर्भरता घटेको छ। साथै, जुम्लाको स्याउको नाममा अन्य जिल्लाका स्याउ बिक्री हुने क्रम रोक्न गाउँपालिकाले आधिकारिक लोगो र क्युआर कोडसहितको विशेष कार्टुन प्रयोगमा ल्याएको छ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार रेरासको सहयोगमा कोसेली घर, बीउबिजन बैंक र १० टन क्षमताको कोल्ड च्याम्बर स्थापना गरिएको छ। यी पूर्वाधार र प्रविधिले जुम्ली स्याउ खेतीलाई थप व्यावसायिक बनाउन सहयोग पुगेको छ।

2