काठमाडौं: बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा क्षति पुर्याएपछि त्यहाँ बेलिब्रिज निर्माणको काम तीव्र पारिएको छ। बाढीका कारण पुलको गोरखातर्फको २२ मिटर भाग बगाउँदा उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
यातायात सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण भइरहेको हो। निर्माण कार्यमा संलग्न अधिकारीहरूका अनुसार, आजै बेलिब्रिज जोड्ने तयारी गरिएको छ। यो बेलिब्रिज निर्माण भएसँगै गोरखा र धादिङबीचको सडक सम्पर्क पुनः स्थापित हुने अपेक्षा गरिएको छ।

