Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

निर्माण सम्पन्न भएको हिल्साको मैत्रीपुल अझै सञ्चालनमा आएन

निर्माण सम्पन्न भएको हिल्साको मैत्रीपुल अझै सञ्चालनमा आएन
A A+ A-

हुम्ला: नेपाल र चीनको सिमाना हिल्सामा निर्माण गरिएको मैत्रीपुल तयार भए पनि सञ्चालनमा आउन सकेको छैन।

चिनियाँ पक्षले पुल उद्घाटनका लागि आग्रह गरे पनि नेपाली पक्षले समय मिलाउन नसक्दा पुल सञ्चालनमा ढिलाइ भएको हो। यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार भोटेकोशीमा आएको बाढी लगायतका प्राविधिक समस्याका कारण नेपालले उद्घाटनको समय तय गर्न सकेको छैन।

पुल उद्घाटन नभएका कारण चीनले आफ्नो क्षेत्रमा बार लगाएर आवागमन बन्द गरेको छ। हाल हिमपात सुरु भइसकेकाले अबको आठदेखि नौ महिनासम्म पुल सञ्चालनमा आउने सम्भावना न्यून रहेको छ।

भन्सार प्रमुख जैसीले पुल उद्घाटनको व्यवस्थाका लागि आफूले जिल्ला प्रशासन कार्यालय हुम्लालाई लिखित जानकारी गराइसकेको बताउनुभयो।

चीनले निर्माण गरेको उक्त पुलको काम अघिल्लो वर्षको मङ्सिर महिनामा नै सम्पन्न भएको थियो। पुलसँगै चीनले नेपालतर्फ साढे तीन सय मिटर सडक पनि निर्माण गरेको छ। हाल हिल्सामा नेपालले निर्माण गरेको बेलिब्रिजबाट सवारी साधन र झोलुङ्गे पुलबाट स्थानीय तथा पर्यटक आवतजावत गरिरहेका छन्।

पुल सञ्चालनमा आएपछि मालवाहक कन्टेनरहरू सिधै नेपाली सीमासम्म आउन पाउने छन्। यसअघि हिल्सा नाकाबाट आयातको मात्र अनुमति रहेकोमा चीनले हाल २९ प्रकारका जडिबुटी निकासीका लागि समेत अनुमति दिइसकेको छ।

गत वैशाख १० गते दुवै देशका स्थानीय प्रतिनिधिबीच छलफल भए पनि पुल उद्घाटनबारे कुनै निर्णय हुन सकेको थिएन।

2