काठमाडौं: नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार केही प्रमुख मुद्राहरूको मूल्यमा उतारचढाव देखिएको छ। आज अस्ट्रेलियन डलर र युरोको भाउ बढेको छ भने पाउन्ड स्ट्रलिङको मूल्यमा सामान्य गिरावट आएको छ।
सोमबारका लागि अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्री दर १५२ रुपैयाँ २१ पैसा कायम गरिएको छ। डलरको यो मूल्य पछिल्ला केही दिनयता स्थिर रहेको छ। स्मरण रहोस्, गत जेठ ७ गते अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो, जतिबेला खरिद दर १५४ रुपैयाँ ६२ पैसा र बिक्री दर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।
त्यस्तै, युरोको मूल्यमा वृद्धि भएको छ। आज युरोको खरिद दर १७९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ५२ पैसा तोकिएको छ। हिजो युरोको खरिद दर १७९ रुपैयाँ ८० पैसा र बिक्री दर १७० रुपैयाँ ४७ पैसा थियो। पाउन्ड स्ट्रलिङको मूल्य भने घटेको छ। आज पाउन्डको खरिद दर २०२ रुपैयाँ ७६ पैसा र बिक्री दर २०३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो पाउन्डको खरिद दर २०२ रुपैयाँ ८८ पैसा र बिक्री दर २०३ रुपैयाँ ६८ पैसा थियो।
यसैगरी, अस्ट्रेलियन डलरको खरिद दर १०६ रुपैयाँ ६७ पैसा र बिक्री दर १०७ रुपैयाँ ०९ पैसा पुगेको छ। हिजो यसको खरिद दर १०६ रुपैयाँ ३८ पैसा र बिक्री दर १०६ रुपैयाँ ८१ पैसा थियो। कुवेती दिनार र बहराइन दिनारको विनिमय दर भने स्थिर रहेको छ। आज कुवेती दिनारको खरिद दर ४९२ रुपैयाँ २४ पैसा र बिक्री दर ४९४ रुपैयाँ १९ पैसा छ। बहराइन दिनारको खरिद दर ४०१ रुपैयाँ ९४ पैसा र बिक्री दर ४०३ रुपैयाँ ५३ पैसा कायम छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
