Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

एनपीएलले जगाउँदै शिथिल अर्थतन्त्र : डेढ अर्बको कारोबारले नयाँ आशा

एनपीएलले जगाउँदै शिथिल अर्थतन्त्र : डेढ अर्बको कारोबारले नयाँ आशा
A A+ A-

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएसँगै शिथिल बनेको नेपाली अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबारदेखि सुरु हुने यस प्रतियोगितामा डेढ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष आर्थिक कारोबार हुने अनुमान गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आधिकारिक मान्यता दिएको छ। यसले गर्दा प्रतियोगिताको स्तर अन्तर्राष्ट्रिय टी-२० सरह गणना हुनेछ। आईसीसीको मान्यता र विदेशी स्टार खेलाडीहरूको सहभागिताले गर्दा यस वर्ष फ्रेन्चाइज टोलीहरूको खर्च पनि बढेको छ। आठवटा फ्रेन्चाइज टोलीको कुल खर्च करिब १ अर्ब २० करोड रुपैयाँ पुग्ने अनुमान छ।

अर्थविद्हरूका अनुसार चाडपर्व सकिएलगत्तै सुस्त बनेको बजारलाई एनपीएलले सकारात्मक ऊर्जा प्रदान गर्नेछ। बैंकमा थुप्रिएको १६ खर्ब रुपैयाँभन्दा बढीको ऋणयोग्य रकमलाई बजारमा प्रवाह गर्न र आर्थिक गतिविधिलाई तीव्रता दिन यस्ता प्रतियोगिता सहयोगी हुने अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन्। उनले खेलकुदलाई उद्योगका रूपमा विकास गर्न सके भविष्यमा नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताको हब बन्न सक्ने उल्लेख गरे।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार एनपीएलले होटल, रेस्टुरेन्ट र पर्यटन क्षेत्रमा उत्साह थपेको छ। प्रतियोगितामा सहभागी टोलीहरूले विभिन्न तारे होटलमा बसोबास गरेका छन् भने खेल हेर्न आउने दर्शकहरूका कारण स्थानीय यातायात तथा साना व्यवसायीहरूले पनि लाभ लिनेछन्।

यस वर्ष मुख्य प्रायोजक सिद्धार्थ बैंकसहित करिब दुई दर्जन कम्पनीहरू एनपीएलसँग आबद्ध भएका छन्। क्यानले टिकट बिक्रीबाट मात्रै ११ देखि १२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। उद्घाटन खेलको टिकट बिक्रीको गतिले दर्शकहरूको उत्साहलाई पुष्टि गरेको छ। एनपीएलको पहिलो संस्करणमा करिब १ अर्ब र दोस्रो संस्करणमा सोभन्दा बढी कारोबार भएको थियो।

अर्थविद् अनलराज भट्टराईले खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी आर्थिक उद्योगका रूपमा अगाडि बढाउनुपर्ने खाँचो औँल्याए। उनले पूर्वाधारको विकेन्द्रीकरण गर्न सके मात्र स्थानीय अर्थतन्त्रले थप फड्को मार्ने बताए। राज्यले खेलकुदलाई आर्थिक क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा स्वीकार गर्दै लगानीमैत्री नीति र कर सहुलियतमा ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ।

2