Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा
A A+ A-

कञ्चनपुर। ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा परेका छन्।

एक महिनाको अवधिमा कारबाहीमा परेकाबाट प्रहरीले ३३ लाख ८६ हजार ५०० रकम राजश्व संकलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।

उनका अनुसार असोजमा सुदूरपश्चिममा २३५ वटा सवारी दुर्घटना भएका थिए। जसमा १२ जनाको मृत्यु भएको थियो भने ३६३ जना घाइते भएका थिए। दुर्घटनामा ३२१ सवारी संलग्न रहेका थिए। विष्टका अनुसार २०८ वटा दुर्घटना चालकको कारण भएका छन् भने छ वटा मादक पदार्थ सेवनका कारण भएका छन्।

त्यसैगरी, सवारीसाधनका कारण नौ वटा, यात्रुको कारण एक वटा, पैदलयात्रुको कारण दुई वटा, चौपायाको कारण पाँच वटा र सडकको कारण चार वटा दुर्घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

‘प्रहरीले सवारीको यान्त्रिक परीक्षण गर्ने कार्यक्रमको सुरुआत गरेको छ’, विष्टले भने। प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएर दुई करोड २० लाख छ हजार मूल्य बराबरको भन्सार छली गरेर ल्याएको सामान नियन्त्रणमा लिएको छ।

प्राकृतिक सम्पदा दोहनमा संलग्न पाँच जना मानिस र २८ वटा सवारीसाधन बरामद गरी तीन लाख ३४ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको छ।

यसमा संलग्न नौ जना मानिसलाई पक्राउ गरिएको छ। अवैध वन पैदावार चोरीमा ६२ क्युफिट काठ बरामद गरेर तीन लाख १५ हजार राजश्व संकलन भएको छ। अवैध पशुपन्छी नियन्त्रणबाट प्रहरीले ११ लाख १२ हजार ३०० रुपैयाँ राजश्व संकलन गरेको छ।

2