Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको आकर्षण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको आकर्षण
A A+ A-

काठमाडौं: कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। चाडपर्वको समयमा निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जका रेञ्जर विक्रम चौधरीका अनुसार गत असोज २८ गतेदेखि कात्तिक ९ गतेसम्मको १३ दिनको अवधिमा ५९० जनाले निकुञ्जको अवलोकन गरेका छन्। बर्सातका कारण बन्द रहेको निकुञ्ज असोजको अन्तिम सातादेखि मात्रै पर्यटकका लागि खुला गरिएको थियो। पछिल्लो तथ्याङ्कअनुसार ५६० जना आन्तरिक, २३ जना सार्क मुलुकका र सात जना अन्य विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै ठूलो बाह्रसिङ्गाको हुलका लागि चर्चित छ। यहाँ दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटे बाघ, २० भन्दा बढी गैँडा र साढे चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइन्छन्।

निकुञ्ज प्रवेशका लागि आन्तरिक पर्यटकसँग प्रतिव्यक्ति रु १००, सार्क राष्ट्रका पर्यटकसँग रु ७५० र अन्य विदेशी पर्यटकसँग रु एक हजार ५०० शुल्क लिने गरिएको छ। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले शुक्लाफाँटासहित बेदकोट ताल, झिलमिला ताल र महाकालीका पुलहरूमा पर्यटकको भीड बढेको बताए। उनले पर्यटकीय क्षेत्रमा यातायात, आवास र सुरक्षा व्यवस्थामा थप ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

2