Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

इन्स्टाग्राममा अब ९० मिनेटका भिडियो राख्न मिल्ने

इन्स्टाग्राममा अब ९० मिनेटका भिडियो राख्न मिल्ने
A A+ A-

काठमाडौं । छोटा भिडियोका लागि लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्रामले अब ९० मिनेटसम्मका लामा भिडियो पोस्ट गर्न मिल्ने सुविधा परीक्षण थालेको छ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले नयाँ फिचरमार्फत युट्युबसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेको हो ।

नयाँ सुविधाअन्तर्गत सामग्री निर्माताले इन्स्टाग्राममै पूरा पडकास्ट, विस्तृत अन्तर्वार्ता, हास्य कार्यक्रम तथा वृत्तचित्रजस्ता लामो सामग्री तेर्सो ढाँचामा राख्न सक्नेछन् । यसअघि छोटा भिडियो अर्थात् रिल्सका लागि बढी चर्चित इन्स्टाग्रामले अब लामो भिडियो सामग्रीलाई पनि प्राथमिकता दिन खोजेको हो ।

इन्स्टाग्रामले ‘क्लिप्स एज रिल्स’ नामक अर्को सुविधा पनि परीक्षण गरिरहेको छ । यसबाट सामग्री निर्माताले लामो भिडियोका छोटा अंशलाई रिल्सका रूपमा प्रस्तुत गर्न सक्नेछन् । ती रिल्स हेर्ने दर्शकलाई पूरा भिडियोसम्म पुर्‍याउने उद्देश्य यस सुविधाको छ । यसले छोटो भिडियोबाट दर्शक आकर्षित गरी लामो सामग्री हेर्न लगाउने इन्स्टाग्रामको रणनीतिलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।

इन्स्टाग्रामका प्रमुख आदम मोसेरीले यसअघि लामो भिडियोको तुलनामा छोटा सामग्रीमा जोड दिँदै आएका थिए । तर, हालै ‘कोलिन एन्ड समिर’ कार्यक्रममा बोल्दै उनले छोटा र लामा भिडियो दुवैलाई एउटै प्लेटफर्ममा प्रभावकारी रूपमा जोड्ने विषयमा काम भइरहेको बताएका छन् ।

टेकक्रन्चका अनुसार, यो सुविधा सुरुमा ब्राजिलका सीमित सामग्री निर्मातामाझ परीक्षण गरिएको थियो । अहिले अमेरिकाका केही प्रयोगकर्तामाझ पनि परीक्षण विस्तार गरिएको छ । अन्य देशका सामग्री निर्माताले भने तत्काल यो सुविधा पाउने निश्चित छैन ।

इन्स्टाग्रामले लामो भिडियो ल्याएर युट्युबको बजारमा प्रतिस्पर्धा गर्न खोजे पनि सामग्री निर्माताको आम्दानी कसरी सुनिश्चित गर्ने भन्ने विषय अझै स्पष्ट भएको छैन । युट्युबले आफ्नो साझेदार कार्यक्रमअन्तर्गत भिडियोमा देखाइने विज्ञापनबाट प्राप्त खुद आम्दानीको ५५ प्रतिशत हिस्सा सामग्री निर्मातालाई दिने व्यवस्था गरेको छ ।

इन्स्टाग्राममा भने सामग्री निर्माताको आम्दानी मुख्यतः ब्रान्डसँगको साझेदारी, सदस्यता, उपहार तथा केही प्रोत्साहन कार्यक्रमहरूमा निर्भर छ । नयाँ सुविधाअन्तर्गत पोस्ट गरिने लामो भिडियोमा विज्ञापन देखाएर आम्दानी बाँडफाँट गरिने हो वा होइन भन्नेबारे मेटाले स्पष्ट पारेको छैन । कम्पनीका प्रवक्ताले यसबारे ठोस योजना सार्वजनिक गर्न अहिले नै हतार हुने बताएका छन् ।

यसले इन्स्टाग्राममा लामो भिडियो राख्दैमा युट्युबमा जस्तै निश्चित आम्दानी हुने ग्यारेन्टी नरहेको देखाउँछ । युट्युबको बलियो भिडियो खोज प्रणाली, लामो समयदेखिको दर्शक आधार र आम्दानी बाँडफाँटको स्थापित व्यवस्थाले त्यसलाई सामग्री निर्माताको प्रमुख रोजाइका रूपमा कायम राखेको छ ।

इन्स्टाग्रामको नयाँ रणनीतिले दर्शकलाई एउटै प्लेटफर्ममा छोटा र लामा दुवै प्रकारका भिडियो हेर्ने अवसर दिनेछ । तर, युट्युबसँग प्रभावकारी प्रतिस्पर्धा गर्न उसले भिडियो राख्ने सुविधा विस्तार गरेर मात्रै पुग्दैन । सामग्री निर्मातालाई आकर्षित गर्ने भरपर्दो आम्दानीको व्यवस्था पनि आवश्यक हुनेछ।

2