Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

तिहारमा फूलको कारोबार ४८ करोड पुग्ने अनुमान

तिहारमा फूलको कारोबार ४८ करोड पुग्ने अनुमान
फाइल फोटो
A A+ A-

काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने र त्यसबाट ४८ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष सबैभन्दा बढी सयपत्री फूलका माला खपत हुनेछन्। कुल मागमध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाट आपूर्ति गर्ने अपेक्षा गरिएको छ।

एसोसिएसनका अनुसार तिहारमा ४५ लाख सयपत्री, ६ लाख मखमली, २० हजार गोदावरी र ६० हजार मिक्स फूलका माला आवश्यक पर्ने अनुमान छ। यसले तिहारको समयमा नेपाली पुष्प व्यवसायमा ठूलो व्यापारिक गतिविधि हुने देखाएको छ।

एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार तिहारको माग पूरा गर्न स्वदेशी फूल उत्पादनले महत्वपूर्ण भूमिका खेल्नेछ। कुल मागको ठूलो हिस्सा नेपाली उत्पादकबाटै आपूर्ति गर्ने लक्ष्य राखिएको छ।

फूलको प्रकारअनुसार कारोबारको अनुमान पनि फरक छ। सयपत्रीका ४५ लाख मालाबाट मात्रै करिब ४० करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। प्रतिमाला औसत ९० रुपैयाँ थोक मूल्यका आधारमा यो रकम आकलन गरिएको हो।

त्यस्तै, मखमलीका ६ लाख मालाबाट २ करोड ७० लाख रुपैयाँ, गोदावरीका २० हजार मालाबाट २ करोड ४० लाख रुपैयाँ र मिक्स फूलका ६० हजार मालाबाट करिब २ करोड ४० लाख रुपैयाँको कारोबार हुने अनुमान छ।

यसैबीच, फ्लोरिकल्चर एसोसिएसन नेपालले कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रदर्शनीमा ७८ वटा व्यावसायिक कक्ष रहनेछन् भने करिब ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजकले जनाएको छ।

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ३९ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। तिहारमा फूलको माग उच्च हुने भएकाले यो समय नेपाली पुष्प व्यवसायका लागि वर्षकै महत्वपूर्ण व्यापारिक सिजनमध्ये एक मानिन्छ।

2