काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ हजार २ सय रुपैयाँले घटेर दुई लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय ५ रुपैयाँले घटेर तीन हजार ८ सय २५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार चाँदीको मूल्य प्रतितोला तीन हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
