Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

चाडपर्व र जाडोयाममा माग बढेपछि अण्डाको होलसेल मूल्य वृद्धि

चाडपर्व र जाडोयाममा माग बढेपछि अण्डाको होलसेल मूल्य वृद्धि
A A+ A-

चितवन। चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ। चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो।

यसअघि ६ कात्तिकमा काठमाडौंमा बसेको बैठकले तय गरेको मूल्यलाई ६ दिनपछि नै परिमार्जन गर्दै संघले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका अध्यक्ष विनोद पोखरेलले बताए।

नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी एक सय रुपैंयाँ वृद्धि भएको छ।

अध्यक्ष पोखरेलले ६ कात्तिकमा तीन हजार ७०० रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब तीन हजार ९०० रुपैंयाँ पुगेको छ। १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य तीन हजार ६०० बाट बढेर तीन हजार ८०० रुपैंयाँ पुगेको छ।

१२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य तीन हजार ५०० बाट बढेर तीन हजार ७०० रुपैंयाँ पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए। ११ किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने तीन हजार १०० रुपैंयाँबाट बढेर तीन हजार २०० रुपैंयाँ पुगेको छ।

उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा २५ रुपैंयाँ र मिडियम अण्डा दुई वटाको ४५ रुपैंयाँ कायम गरिएको छ। फार्म मूल्य प्रतिपेटी २०० रुपैंयाँ बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले बताए।

पर्वहरुसँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बताए।

2