Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत

सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत
A A+ A-

काठमाडौं: आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत कायम भएको छ। नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४ खर्ब ६३ अर्ब ८९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय अर्थतन्त्रमा यस प्रदेशको योगदान ७.०३ प्रतिशत छ।

प्रदेशको प्रतिव्यक्ति आय १ हजार १ सय ७० अमेरिकी डलर पुगेको छ, जुन राष्ट्रिय औसत १ हजार ५ सय १३ डलर भन्दा कम हो। अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा ५२.६६ प्रतिशत, कृषि क्षेत्रको ३३.६५ प्रतिशत र उद्योग क्षेत्रको १३.६९ प्रतिशत रहेको छ। कृषि उत्पादनमा सामान्य वृद्धि देखिए पनि बैंकहरूबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा २.१३ प्रतिशतले घटेर १५ अर्ब ६२ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।

प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल शाखा ८ सय ४४ पुगेका छन्। कुल निक्षेप १८.५६ प्रतिशतले बढेर २ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३.८२ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ। औद्योगिक क्षेत्रमा २७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ, जसको ७८.८७ प्रतिशत हिस्सा कैलाली जिल्लामा मात्र केन्द्रित छ।

पूर्वाधार विकासतर्फ रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति ७५.५ प्रतिशत र महाकाली सिँचाइ आयोजनाको ३० प्रतिशत पुगेको छ। महाकाली नदीको चार लेनको पुल निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ।

रोजगारीका क्षेत्रमा भने प्रदेशले ठूलो चुनौती सामना गरिरहेको छ। आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि ६२ हजार ७ सय ३६ जनाले श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५३.७९ प्रतिशतले बढी हो। प्रदेशको बेरोजगारी दर ११.५ प्रतिशत पुगेको छ। साथै, प्रदेश सरकारको बजेट खर्च क्षमता पनि कमजोर देखिएको छ। कुल विनियोजित बजेटमध्ये ६१.९४ प्रतिशत मात्र खर्च भएको छ, जसमा पुँजीगत खर्च ५८.४० प्रतिशतमा सीमित छ।

2