Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

डिडिसी घोटाला: किसानको १२ करोड कर्मचारीको खल्तीमा

डिडिसी घोटाला: किसानको १२ करोड कर्मचारीको खल्तीमा
A A+ A-

काठमाडौं: दुग्ध विकास संस्थान (डिडिसी) मा भएको करोडौं रुपैयाँको घोटाला प्रकरणमा तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले किसानको भुक्तानी हुनुपर्ने १२ करोड रुपैयाँभन्दा बढी रकम कर्मचारीको व्यक्तिगत खातामा सारिएको भन्दै अनुसन्धान अघि बढाएको छ।

जेठ ७ गते परेको उजुरीका आधारमा अनुसन्धान गर्दा डिडिसीका कर्मचारीले किसानको दुधको मूल्य बढाएर वा कृत्रिम समस्या देखाएर सो रकम फिर्ता लिने गरेको खुलेको छ। सिआइबीका अनुसार कर्मचारीले १७ वटा कृषि तथा पशुपालन सहकारीसँग मिलेमतो गरी किसानको रकम आफ्नो खातामा जम्मा गराएका थिए। यसमा संलग्न कर्मचारीहरूले किसानलाई चिल्लो पदार्थ र एसएनएफको गलत विवरण दिने गरेका थिए।

अनुसन्धानले तत्कालीन महाप्रबन्धक झाको पालामा मात्र पाँच करोड रुपैयाँ घोटाला भएको देखाएको छ। लालीगुराँस पशुपालन फार्मबाट मात्रै कर्मचारीको खातामा चार करोड ४२ लाख रुपैयाँ पुगेको छ। यसैगरी, रामकेवल राय, उनका छोरा जितेन्द्रकुमार यादव, मनहरि शर्मा, विजय कुमार यादव, शिवनन्द राय र नवीन राय यादवको खातामा पनि ठूलो परिमाणमा रकम जम्मा भएको पाइएको छ।

एआइजी उमाप्रसाद चतुर्वेदीले संगठित मिलेमतोमा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरूको खोजी भइरहेको जानकारी दिए। पक्राउ परेकाहरूमाथि आपराधिक विश्वासघात र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत काठमाडौंबाट उनीहरूलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपिएको छ।

2