Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

बर्सातले फूलखेतीमा क्षति

बर्सातले फूलखेतीमा क्षति
A A+ A-

चितवन। यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ। फक्रिसकेको फूलमा पानीका कारण क्षति पुगेको हो।

भरतपुर महानगरपालिका–२६ का दीपक पाख्रिन आफूले लगाएको फूलखेतीमा हाल फुलेको ७० प्रतिशत फूल नोक्सान भएको बताउछन्। बजारमा पठाउन नपाउँदै पानी पर्दा फूलको हाँगा भाँचिने र चिसो फूल टिपेर पठाउँदा कालो हुने समस्या आएको उनले बताए।

उनले अहिले दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गरे। एक बिघा क्षेत्रफलमा फूलखेती गर्न रु एक लाख ५० हजारभन्दा बढी खर्च लाग्ने गरेको उनले बताए। उनले भने, “हिजोआजदेखि फूल टिपेर माला बनाएर स्टोरमा राख्ने भन्ने योजना भए पनि पानीका कारण सम्भव भएन।” दसैँपछि टिपेर बजार पठाउनुपर्नेमा माग नभएपछि पठाइएको थिएन।

जिल्ला कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार तीन दिन परेको वर्षाका कारण फक्रिएर बजारमा जान नपाएका फूलहरुमा क्षति पुगेको हो।

उनका अनुसार जिल्लामा लगाइएको फूलमध्ये ६० देखि ७० प्रतिशत फूल फक्रिएको थियो। फक्रिएको फूलमध्ये ५० प्रतिशतभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए। कोपिला लागेका फूलमा भने क्षति नभएको उनको भनाइ छ।

उनका अनुसार यस वर्ष जिल्लामा ४४ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ। सो क्षेत्रफलमा प्रतिहेक्टर एक हजार किलो फूल उत्पादन हुने अनुमान गरिएको छ। अनुमान गरेअनुसारको उत्पादनले जिल्लाको माग मात्रै नभई छिमेकी जिल्लामा पुग्ने देखिन्थ्यो। फक्रिएको फूलमा क्षति पुगेपछि अहिले बजारमा फूलको मूल्य बढ्ने अनुमान गरिएको छ। उनले भने, “बजारमा फूलको मूल्य गत वर्षको तुलनामा यस वर्ष बढ्ने देखिन्छ।”

व्यावसायिक रुपमा फूलखेती गरेका कृषक बर्सातका कारण मारमा परेका छन्। फक्रिएको फूल कालो भएपछि बजारमा लैजान लायक नहुने उनले बताए। फूलखेतीका लागि यो वर्ष मौसमले साथ नदिएको उनको भनाइ छ। व्यावसायिक रुपमा जिल्लामा गत वर्षको तुलनामा यस वष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ। गत वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकोमा यस वर्ष ४४ हेक्टर क्षेत्रफलमा गरिएको छ।

उनका अनुसार यस वर्ष सयपत्री फूलखेतीका लागि टिनिस १, थाई टिनिस, टिनिस २, सुमति र कर्मा ५५५ जातका फूलका बिरुवा रोपिएको छ। गत वर्ष जिल्लामा लगाइएको सयपत्री फूलखेतीबाट १३१ दशमलव चार मेट्रिक टन फूल उत्पादन भएको थियो। जिल्लाका सातै पालिकामा व्यावसायिक रुपमा चाडपर्व लक्षित फूलखेती गरिँदै आएको छ। यहाँका पालिकामध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिमा सयपत्रीखेती गरिँदै आएको उनले जानकारी दिए।

थोरै जग्गामा पनि राम्रो उत्पादन दिने भएकाले यहाँका कृषक चाडपर्व लक्षित सयपत्री फूलखेतीमा अकर्षित भएका हुन्। उनले भने, “गत वर्ष सयपत्रीले पाएको मूल्य र अभावलाई देखेर अहिले किसानको आकर्षण बढेको हो।” नेपालमा उत्पादित सयपत्रीको माग बढ्न थालेको उनको भनाइ छ।

2