Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

नेपाली बैंकहरूको विदेशी मौज्दात ५२ अर्ब नाघ्यो

नेपाली बैंकहरूको विदेशी मौज्दात ५२ अर्ब नाघ्यो
A A+ A-

काठमाडौं। नेपाली बैंकहरूले विदेशका विभिन्न बैंकमा राखेको मौज्दात एक वर्षको अवधिमा १० अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ महिनासम्ममा नेपाली वाणिज्य र विकास बैंकहरूले विदेशी बैंकहरूमा ५२ अर्ब ७ करोड १८ लाख रुपैयाँ जम्मा गरेका छन्।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मौज्दात ४१ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ थियो। नेपाली बैंकहरूले अन्तर्राष्ट्रिय भुक्तानी, आयातकर्ताका लागि एलसी खोल्ने, बैंक ग्यारेन्टी र रेमिट्यान्स कारोबार व्यवस्थापन गर्न यस्तो मौज्दात राख्ने गर्दछन्।

यसबाहेक आकर्षक ब्याजदर पाइने भएकाले पनि बैंकहरूले आफ्नो बचतको केही हिस्सा विदेशी बैंकमा राख्ने गरेको केन्द्रीय बैंकले जनाएको छ।

हाल नेपालका २० वटा वाणिज्य बैंक र चारवटा विकास बैंकले युरोप, अमेरिका, क्यानडा, पाकिस्तान र भारतलगायतका मुलुकमा यस्तो रकम राखेका छन्।

तथ्याङ्कअनुसार सबैभन्दा बढी मौज्दात सानिमा बैंकको रहेको छ। सानिमा बैंकले ११ अर्ब ८९ करोड रुपैयाँ विदेशी बैंकमा राखेको छ, जुन कुल रकमको २२.८३ प्रतिशत हो।

त्यसैगरी, हिमालयन बैंकले ९ अर्ब २ करोड रुपैयाँ राखेर दोस्रो स्थानमा रहेको छ। यी दुई बैंकको मौज्दात मात्रै कुल रकमको ४० प्रतिशतभन्दा बढी छ।

अन्य प्रमुख बैंकहरूमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ४८ करोड, एभरेस्ट बैंकले ४ अर्ब १४ करोड र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ विदेशी बैंकमा राखेका छन्। विकास बैंकहरूले भने ५४ लाख रुपैयाँ मात्र विदेशमा राखेको देखिएको छ।

2