Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि बनेन

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि बनेन
फाइल फोटो
A A+ A-

बागलुङ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बागलुङको हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । आठ किलोमिटर लामो सडकको भौतिक प्रगति हालसम्म ८० प्रतिशत मात्र पुगेको छ ।

एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक कार्यक्रमअन्तर्गत निर्माण भइरहेको उक्त सडक चार वर्षपछि बल्ल कालोपत्रको तयारीमा पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । निर्माण व्यवसायीले अहिले कालोपत्र गर्नुअघि बेस बिच्छ्याउने काम गरिरहेको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए ।

विसं २०७९ भदौमा रु २५ करोड २० लाखमा निर्माण सम्झौता भएको सडक २०८१ साल भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो । तर, निर्धारित समयमा काम सम्पन्न नभएपछि दुई पटक म्याद थप गरिएको छ । दोस्रो पटक थपिएको म्याद आगामी मङ्सिरमा सकिँदैछ । निर्धारित समयभित्रै काम सम्पन्न हुनेमा अझै आशङ्का रहेको स्थानीयको भनाइ छ ।

समयमै सडक निर्माण नहुँदा स्थानीयवासी लामो समयसम्म धुलाम्मे सडकमा आवतजावत गर्न बाध्य भएका थिए । निरन्तरको खबरदारी र स्थानीयको जनगुनासोपछि पछिल्लो समय निर्माणले गति लिएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सागर भण्डारीका अनुसार समयमै काम सम्पन्न नभएपछि दोस्रो पटक म्याद थप गरी निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिएको थियो । त्यसपछि निर्माण व्यवसायी काममा फर्किएर अहिले बेस बिच्छ्याउने र सडक सम्याउने काम गरिरहेको उनले जानकारी दिए ।

सडक निर्माणको ठेक्का वल्र्डवाइड/लोपूर्ण जेभीले पाएको थियो । निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए ।

2