Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

अधुरो हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढ्यो, पाँच अर्ब ६० करोडको ठेक्का

अधुरो हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढ्यो, पाँच अर्ब ६० करोडको ठेक्का
A A+ A-

बाँके। बाँके र दाङको सीमावर्ती क्षेत्रमा लामो समयदेखि अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढेको छ ।

हुलाकी सडक निर्देशनालयले सडक र पुल निर्माणका लागि कुल पाँच अर्ब ६० करोड रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अगाडि बढाएको हो ।

हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका आयोजना प्रमुख लिलाबहादुर भण्डारीका अनुसार अधुरो सडकखण्डलाई दुई भागमा विभाजन गरी निर्माण प्रक्रिया अघि बढाइएको छ ।

यसअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–३ नारायणपुरदेखि दाङको सीमाक्षेत्र हाटबाससम्मको ३६ किलोमिटर सडक निर्माणको जिम्मा कन्काई खड्का जेभीले पाएको छ । उक्त कम्पनीले दुई अर्ब दुई करोड रुपैयाँमा ठेक्का पाएको हो ।

त्यस्तै, हाटबासदेखि दाङको राजपुर गाउँपालिकास्थित गँगदीसम्मको २२ किलोमिटर सडक निर्माणका लागि हिम सगरमाथा पशुपति जेभी छनोट भएको छ । उक्त कम्पनीले एक अर्ब ५१ करोड रुपैयाँमा निर्माणको जिम्मा पाएको हो ।

सडकसँगै यस खण्डमा पर्ने १६ वटा पुल निर्माणको ठेक्का पनि सम्झौता भइसकेको छ । बाँके र दाङ खण्डका १२ वटा पुल निर्माणका लागि नारायणम निर्माण सेवाले एक अर्ब तीन करोड रुपैयाँमा ठेक्का पाएको छ । बाँकी चारवटा पुल गँगदीदेखि हाटबास खण्डमा निर्माण गर्न भैरव कन्स्ट्रक्सन कम्पनीसँग ४६ करोड ३५ लाख रुपैयाँमा सम्झौता भएको आयोजना प्रमुख भण्डारीले बताए ।

“पुल निर्माणको ठेक्का पाएका कम्पनीहरूले सम्झौता गरेर कार्यक्षेत्रमा कामसमेत थालिसकेका छन् । अहिले फिल्डमा सर्भे र माटो परीक्षणसम्बन्धी काम भइरहेको छ”, भण्डारीले भने, “सडक निर्माणतर्फ भने भर्खरै आशयको सूचना प्रकाशित भएकाले तिहारलगत्तै निर्माण कम्पनीहरूसँग औपचारिक सम्झौता हुनेछ ।”

ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीहरूले तीन वर्षभित्र सडक र पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गर्नुपर्नेछ । दुई लेनको यो सडक अस्फाल्ट प्रविधिमा निर्माण गरिनेछ ।सडकसँगै आवश्यक स्थानमा नाला, कल्भर्ट र पर्खाललगायत संरचना पनि निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।

“अबको तीन वर्षभित्र बर्दियाको सतिघाट पुलदेखि दाङको कालाकाँटेसम्म हुलाकी सडकको सम्पूर्ण काम पूरा हुनेछ”, भण्डारीले भने, “यसले जनतालाई आवतजावतमा धेरै सहज बनाउनेछ ।”

हुलाकी सडक निर्माण नहुँदा राप्तीपारिका बासिन्दाले लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ अन्तर्गतका भम्का, अमुवा, तितिनघारी, भवानियापुर, खुटी, चुनाहा, सुनखरे र खोकरी तथा दाङको हाटबाससहित दर्जनभन्दा बढी गाउँका बासिन्दालाई राजमार्गसम्म पुग्न राप्ती नदीमा पक्की पुलको अभाव छ ।

सडक निर्माणपछि राप्तीपारिका बासिन्दाको जनजीवन सहज हुनुका साथै कृषि, व्यापार, शिक्षा, स्वास्थ्य र समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए ।

2