Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

पर्यटकको रोजाइमा रसुवाको नागथली

पर्यटकको रोजाइमा रसुवाको नागथली
A A+ A-

काठमाडौं: रसुवाको गोसाइँकुण्ड गाउँपालिका: १, थुमनमा अवस्थित नागथली आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। समुद्री सतहबाट तीन हजार १६५ मिटरको उचाइमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताको सङ्गम मानिन्छ। स्थानीय भाषामा ‘नगथली’ भनिने यो स्थान हाइकिङ र हिमाली दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ।

स्थानीय बासिन्दाका अनुसार गुम्बानजिकै नागको थान रहेकाले यस ठाउँको नाम नागथली रहन गएको हो। प्राचीन कालमा गुरु रिम्बोर्छेले यस क्षेत्रमा तपस्या गरी गुम्बा निर्माण गरेको जनविश्वास छ। यहाँ गुरु रिम्बोर्छेको पैतालाको डोब, पाप र धर्म छुट्याउने सुरुङ र प्राचीन ढुङ्गे गुफाजस्ता ऐतिहासिक स्थलहरू रहेका छन्। चन्द्रपात्रोअनुसार वैशाख र असोज महिनाको पूर्णिमाका दिन यहाँ विशेष मेला लाग्ने गर्दछ।

नागथलीबाट हिमशृङ्खला र हिमनदीको दृश्यावलोकन गर्न सकिन्छ। यस क्षेत्रको वनजङ्गलमा हिमचितुवा, घोरल, थारल, भालु, बँदेल र लङ्गुर बाँदरजस्ता वन्यजन्तु पाइन्छन्। पदमार्गमा लालीगुँरास, माने, छुर्तेन र चरिरहेका चौँरी गाईका बथान यहाँका मुख्य आकर्षण हुन्। थुमन गाउँबाट करिब चार घण्टाको उकालो चढेपछि नागथली पुगिन्छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक सञ्जालमा क्षति पुर्‍याएपछि हाल पर्यटकहरू स्याफ्रुबेँसीबाट पैदलयात्रा गरेर यहाँ पुग्ने गरेका छन्। स्थानीयको श्रमदानमा काठेपुल निर्माण भएपछि आवागमन सहज भएको छ।

गोसाइँकुण्ड गाउँपालिका-१ का वडाध्यक्ष उर्केन लामाका अनुसार पर्यटकको चाप बढेसँगै यस क्षेत्रमा होटल तथा लजहरूको सङ्ख्या बढेर छ पुगेको छ। उनले भने, “पहिले यहाँ एउटा मात्रै होटल थियो, अहिले पर्यटकको चाप बढेसँगै करिब छ वटा होटल तथा लजहरू सञ्चालनमा आइसकेका छन्।” रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले हिमाली जनजीवन, चौँरी खर्क र चीनको सीमावर्ती क्षेत्रको दृश्यावलोकन गर्न पाइने भएकाले नागथलीको प्रर्वद्धनमा जोड दिइएको बताए।

2