Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

चीनको व्यापार बचत १० खर्ब डलर

चीनको व्यापार बचत १० खर्ब डलर
A A+ A-

एजेन्सी । चीनको व्यापार बचत लगातार दोस्रो वर्ष १० खर्ब अमेरिकी डलर नाघेको छ। अक्टोबरमा निर्यात ३५.२ प्रतिशतले बढेपछि जनवरीदेखि अक्टोबरसम्मको व्यापार बचत १० खर्ब ४ अर्ब डलर पुगेको हो।

चीनको भन्सार निकायका अनुसार अक्टोबरमा उच्च प्रविधिका वस्तु, विशेषगरी सेमिकन्डक्टर चिप्स र विद्युतीय उपकरणसँगै अटोमोबाइलको माग बढ्दा निर्यातमा उल्लेख्य वृद्धि भएको हो। सोही अवधिमा आयात पनि ४१.६ प्रतिशतले बढेको छ।

आयातको वृद्धिदर बढी भएपछि अक्टोबरको मासिक व्यापार बचत भने सेप्टेम्बरको १३३.५ अर्ब डलरबाट घटेर १०५.३ अर्ब डलरमा झरेको छ। तर समग्र व्यापार बचतले चीनलाई गत वर्षको १२ खर्ब डलरको कीर्तिमानसमेत उछिन्ने सम्भावनातर्फ अघि बढाएको छ।

अर्थशास्त्रीहरूले चीनको कमजोर आन्तरिक माग, उच्च बचत दर र औद्योगिक क्षेत्रमा बढेको उत्पादन क्षमताका कारण निर्यातमा निर्भरता बढेको विश्लेषण गरेका छन्। यद्यपि अमेरिका र युरोपेली संघले चिनियाँ वस्तुमाथि लगाएका व्यापारिक अवरोध र महसुलले निर्यातमा जोखिम थपेको छ।

यसैबीच, अमेरिका र चीनबीचको व्यापारिक तनाव तथा कृत्रिम बुद्धिमत्ता क्षेत्रमा सम्भावित मन्दीले चिनियाँ चिप्स र इलेक्ट्रोनिक्स निर्यात प्रभावित हुन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ। बलियो निर्यातले भने चीनलाई यस वर्षको ४.५ देखि ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अनुमान गरिएको छ।

2