Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

कैलालीका किसानलाई धानको समर्थन मूल्य पाउन सास्ती

कैलालीका किसानलाई धानको समर्थन मूल्य पाउन सास्ती
फाइल फोटो
A A+ A-

काठमाडौं। सरकारी खरिद प्रक्रियामा ढिलाइ हुँदा कैलालीका किसानहरू धान सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन्।

सरकारले चालु सिजनका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तोकेको छ। तर, सरकारी खरिद सुरु नहुँदा किसानहरूले निजी व्यापारीलाई ९१० रुपैयाँ कम मूल्यमा धान बेच्न बाध्य भएका हुन्।

धनगढी उपमहानगरपालिका-१० का किसान श्याम रानाले प्रतिक्विन्टल २ हजार ७५० रुपैयाँमा आफ्नो धान बिक्री गरे। हिउँदे बाली लगाउन मल र बिउ खरिद गर्न तथा घरखर्च जुटाउन तत्काल रकम आवश्यक पर्ने भएपछि उनले सरकारी खरिदको प्रतीक्षा गर्न सकेनन्।

अर्का किसान रामबहादुर थारूका अनुसार धान भण्डारणको अभाव र तत्कालको आर्थिक आवश्यकताले गर्दा किसानहरू लामो समय उत्पादन घरमा राख्न सक्दैनन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले भने केन्द्रबाट कोटा स्वीकृत नहुँदा खरिद प्रक्रिया सुरु हुन नसकेको जनाएको छ।

कार्यालय प्रमुख दीपक थापाका अनुसार यस वर्ष ६० हजार क्विन्टल धान खरिद गर्ने प्रस्ताव केन्द्रमा पठाइएको छ। कोटा निर्धारण भएपछि मात्र खरिद सुरु हुने उनले बताए। गत वर्ष कात्तिक ११ गतेबाट खरिद सुरु भएको थियो, तर यस वर्ष वर्षा र चाडपर्वका कारण ढिलाइ भएको छ।

निजी व्यापारीहरूले भने धानको गुणस्तर र चिस्यानको आधारमा मूल्य निर्धारण हुने बताउँछन्। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा करिब ६३ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।

सरकारले बर्सेनि समर्थन मूल्य तोके पनि समयमै खरिद प्रक्रिया सुरु नहुँदा किसानहरूले त्यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्। गत वर्ष कम्पनीले लक्ष्यभन्दा बढी ३८ हजार ९४९ क्विन्टल धान खरिद गरेको थियो।

2