Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा ४० प्रतिशत कम राजश्व सङ्कलन

नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा ४० प्रतिशत कम राजश्व सङ्कलन
अ+ अ-

नेपालगन्ज- नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले १० महिनामा १६ अर्ब ४६ करोड राजश्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयले गत १० महिनामा १६ अर्ब ४६ करोड २४ हजार रुपियाँ राजश्व सङ्कलन गर्दा लक्ष्यको ६०.५७ प्रतिशत मात्रै राजश्व सङ्कलन हुन सकेको सो कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो ।

उहाँले गत केही वर्षदेखि यो नाकामा लक्ष्य पुरा गर्न नसकिएको तथ्याङ्क प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा पनि हालसम्म लक्ष्य भन्दा ४० प्रतिशत कम राजश्व सङ्कलन भएको बताउनुभयो । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार वार्षिक लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार निर्धारण भएकोमा वैशाख मसान्तसम्म १० महिनामा १६ अर्ब ४६ करोड २४ हजार असुली भएको छ ।

वार्षिक लक्ष्य पुरा गर्नका लागि जेठ र असार महिनामा थप ४० प्रतिशत राजश्व सङ्कलन गर्नुपर्ने देखिएको जनाउँदै भन्सार कार्यालयका प्रमुख पौडेलले सो कुरा असम्भव रहेको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१-०८२ को साउनदेखि हालसम्म कुनै पनि महिनामा नेपालगन्ज भन्सारले मासिक लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न सकेको छैन ।

अघिल्लो आर्थिक २०८०-०८१ मा नेपालगन्ज भन्सारले लक्ष्यको ६३.३५ प्रतिशत राजश्व सङ्कलन गरेको थियो । उक्त आवमा २८ अर्ब ६६ करोड २५ लाख २९ हजार रूपियाँ लक्ष्य निर्धारण गरिएकोमा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रूपियाँ राजश्व सङ्कलन भएको थियो । अघिल्लो वर्षमा भन्सारले निर्धारित लक्ष्य भेट्न नसकेपछि चालु आवका लागि १ अर्ब घटाएर लक्ष्य निर्धारण भएको थियो ।

नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि भन्सार वृद्धि हुने अपेक्षा गरिएपनि त्यस्तो परिणाम आउन सकेको छैन  । उता नेपालगन्ज उद्योग वाणिज्य संघले एकीकृत जाँच चौकीको प्रयोग गर्दा थप शुल्क आयातकर्ताले व्यहोर्नुपर्ने र समय बढी लाग्दा भाडा पनि बढी तिर्नु पर्ने हुँदा धेरैले अन्य नाकाबाट आयात निर्यात गरेको पाईएको जनाएको छ ।

अर्कोतर्फ नेपालगन्ज भन्सारबाट हुने व्यापार घाटा पनि अतिनै उच्च रहेको पाइएको छ । आयात–निर्यातको अनुपातमा निकै ठूलो फरक देखिएको छ  ।

नेपालगन्ज भन्सारबाट चालु आर्थिक बर्ष २०८१-०८२ को वैशाख मसान्तसम्म मात्रै व्यापार घाटा ९५.११ प्रतिशत रहेको भन्सार कार्यालयले जनाएको छ । नेपालगन्ज भन्सारबाट चालु आवको वैशाख मसान्तसम्म ६३ अर्ब २८ करोड ५ लाख ९३ हजार बराबरको आयात हुँदा २ अर्ब ५८ करोड २४ लाख १५ हजार बराबरको मात्र निर्यात भएको छ ।

2