काठमाडौँ- बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा १ हजार ३०० र चाँदी १२० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार २७५ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातु ५ हजार १५५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी ५ हजार ५० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।