Logo

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ६२ पैसा र बिक्रीदर १५२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ६८ पैसा र बिक्रीदर १७५ रुपियाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ २८ पैसा र बिक्रीदर २०३ रुपियाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ४१ पैसा र बिक्रीदर १९१ रुपियाँ १६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ८५ पैसा र बिक्रीदर १०७ रुपियाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ८१ पैसा र बिक्रीदर १०९ रुपियाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ४७ पैसा र बिक्रीदर ११७ रुपियाँ ९३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ४१ पैसा र बिक्रीदर २२ रुपियाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ३८ पैसा र बिक्रीदर ४० रुपियाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ६२ पैसा र बिक्रीदर ४१ रुपियाँ ७९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ २८ पैसा र बिक्रीदर ४१ रुपियाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७२ पैसा र बिक्रीदर नौ रुपियाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०२ पैसा र बिक्रीदर १६ रुपियाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३७ पैसा र बिक्रीदर २३ रुपियाँ ४७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३५ पैसा र बिक्रीदर १९ रुपियाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपियाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपियाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपियाँ ८० पैसा र बिक्रीदर ३९५ रुपियाँ ३६ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।