Logo

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ७४ पैसा र बिक्रीदर १५१ रुपियाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ९६ पैसा र बिक्रीदर १७२ रुपियाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपियाँ २८ पैसा र बिक्रीदर २०० रुपियाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपियाँ ५२ पैसा र बिक्रीदर १८७ रुपियाँ २७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ०३ पैसा र बिक्रीदर १०४ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ २६ पैसा र बिक्रीदर १०६ रुपियाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ५२ पैसा र बिक्रीदर ११६ रुपियाँ ९९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ १७ पैसा र बिक्रीदर २२ रुपियाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ १४ पैसा र बिक्रीदर ४० रुपियाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ३९ पैसा र बिक्रीदर ४१ रुपियाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५२ पैसा र बिक्रीदर चार रुपियाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ०४ पैसा र बिक्रीदर ४१ रुपियाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ८८ पैसा र बिक्रीदर ३७ रुपियाँ ०३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८० पैसा र बिक्रीदर नौ रुपियाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५५ पैसा र बिक्रीदर १५ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ र बिक्रीदर २३ रुपियाँ १० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २२ पैसा र बिक्रीदर १९ रुपियाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपियाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपियाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपियाँ ८४ पैसा र बिक्रीदर ४०१ रुपियाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपियाँ ५५ पैसा र बिक्रीदर ३९३ रुपियाँ ११ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।